Monday, September 30, 2024

झण्डै सात हजार औषधी पसल विना दर्ता नै सञ्चालनमा

काठमाडौं । देशभर झण्डै ७ हजार औषधी पसलहरु दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा यस्तो लापरवाही हुँदा समेत सम्वन्धीत निकायले कारवाही गर्न सकेका छैनन् ।

औषधी पसल दर्ता एवं फर्मासिस्ट—औषधि ऐन, २०३५ को दफा १० मा औषधिको बिक्री वितरणको लागि आफ्नो नाममा पसल वा फर्म दर्ता गराउनुपर्ने व्यवस्था छ । औषधि व्यवस्था विभागको तथ्याङ्क अनुसार २१ हजार ६५१ औषधि पसल दर्ता रहेकोमा औषधि व्यवसायी संघको तथ्याङ्कमा २८ हजार ६ सयभन्दा बढी औषधि पसल सञ्चालनमा रहेको उल्लेख छ । महालेख परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार झण्डै ७ हजार पसल दर्ता नभई सञ्चालनमा रहेका छन् ।

दर्ता नभई सञ्चालित औषधि पसल एकीन गरी नियमानुसार आवश्यक कारबाही गर्नुपर्ने सो प्रतिवेदनको निष्कर्ष रहेको छ । औषधि ऐन, २०३५ को दफा १७ मा औषधि बिक्री वितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

देशभरी २८ हजार ६ सय औषधि पसल सञ्चालनमा रहेका र नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएका फार्मासिस्ट २ हजार ७११ र फार्मेसी सहायक ५ हजार ४७ समेत कुल ७ हजार ७५७ मात्र देखिएकोले सबै औषधि पसलमा फर्मासिष्ट वा फार्मेसी सहायक नरहेको स्पष्ट हुन्छ । फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति वेगर बिक्री वितरण हुने औषधि तथा औषधि पसलबाट प्रवाह हुने सेवा प्रभावकारी हुने देखिदैन । फर्मासिस्टको उपस्थिति नभई सञ्चालित औषधि पसलहरु यकिन गरी कारबाही हुनुपर्दछ ।

ताजा समाचार

सम्बन्धित समाचार