हात्तीको दाह्रा सहित तीन जना पक्राउ

काठमाडौं, २१ चैत : नेपाल प्रहरीले हात्तीको दाह्रा सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर कटारी घर भएका ३६ बर्षीय रविन्द्र बहादुर खड्का र अन्य दुई जना छन् ।

प्रहरीका अनुसार उनीहरुलाई मंगलबार ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गबाट अन्दाजी १ फिट ६ ईन्चको १ वटा हात्तीको दाह्रा सहित पक्राउ गरिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भरहेकोे प्रहरीले जानकारी दिएको छ ।