Friday, September 20, 2024

फाेहाेरले भरिँदैछ पशुपतिकाे श्लेष्मान्तक वन (फाेटाे/भिडियाे रिपाेर्ट)


काठमाडाैँ – धार्मिकस्थल पशुपति क्षेत्र अन्तर्गतकाे श्लेष्मान्तक वन दिनप्रतिदिन प्रदूषित बन्दै गइरहेकाे छ।

विशेषगरी शव गाडिसकेपछि फाेहाेर नउठाउने प्रवृत्तिले गर्दा फाेहाेरकाे मात्रा बढीरहेकाे छ। तर, फाेहाेर उठाउनेतर्फ कसैकाे पनि ध्यान पुगेकाे छैन्। साे क्षेत्रमा घुम्न जानेहरूले पनि जथाभावी फाेहाेर फाल्ने गर्नाले वन फाेहाेरले भरिन थालेकाे छ।

यसै विषयमा बुझ्न साेमबार अपराह्न हाकाहाकीकर्मी शालिक भट्ट र अमिष रेग्मी उक्त क्षेत्रमा पुग्दा त्यहाँ मानिसका पूराना कपडा, अस्पतालमा प्रयाेग हुने पञ्जा, बिरामी जाँच्ने पुर्जी, पानीका बाेतल लगायतका फाेहाेर फालिएकाे पाइयाे।

उक्त क्षेत्रमा बढेको प्रदूषण र यसले त्यहाँ बसोबास गर्दै आएका जनावरलाई परेको असरबारे तयार पारिएको भिडियो रिपोर्ट…

ताजा समाचार

सम्बन्धित समाचार