Saturday, August 2, 2025

वायु प्रदूषणले वर्षेनि ६ लाख बालबालिकाको मृत्यु : डब्ल्यूएचओ

काठमाडौं– वायु प्रदूषणका कारण हरेक वर्ष ६ लाख बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सार्वजनिक गरेको छ।

डब्ल्यूएचओले सोमबार सार्वजनिक गरेको ‘वायु प्रदूषण र बाल स्वास्थ्य’ नामक अध्ययन प्रतिवेदन अनुसार सन् २०१६ मा मृत्यु घरेलु र बाह्य वायु प्रदूषणका कारण वायु प्रदूषणका कारण १५ वर्ष मुनिका उक्त संख्याका बालबालिकाको मृत्यु
भएको हो।  प्रत्येक १० बालबालिकामध्ये एक जनाको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको डब्ल्यूएचओले जनाएको छ।

सार्वजनिक तथ्यांक अनुसार प्रत्येक १० जनामध्ये ९ जनाले प्रदूषित हावा लिने गरेका छन्। यसबाट लाग्ने रोगका कारण प्रत्येक वर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुने गरेको छ।

डब्ल्यूएचओले भनेको छ, ‘यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्छ श्वासप्रश्वास गर्न पाउनु पर्दछ। त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ।’

निम्न र मध्यय आय भएका वर्ग भएका देशमा ५ वर्ष मुनिका ९८ प्रतिशत र उच्च आय भएका देशका ५२ प्रतिशत बालबालिका वायु प्रदूषणको शिकार बनिरहेका छन्। जसमा ५ वर्ष मुनिका ६३ करोड र १५ वर्ष मुनिका १.८ अर्ब बालबालिका रहेका छन्।

डब्ल्यूएचओका वायु गुणस्तर मापदण्ड अनुसार २४ घण्टामा प्रतिक्युबिक मीटर हावामा खतरनाक पीएम २.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन।

३०० माइक्रोग्राम पर क्युबिक मीटरभन्दा माथिको वायुको गुणस्तरलाई धेरै खराब मानिन्छ, भने ४०० या त्योभन्दा माथिलाई गम्भीर मानिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार