“गरीबी विरुद्धको लडाईंमा छलाङ मारिरहेको र विश्वशक्तिको रुपमा उदाउने प्रयासमा रहेको भारत किन प्रदूषण नियन्त्रणमा चाहिँ असक्षम छ ?”
नयाँ दिल्लीः मंसिर तेस्रो साता नयाँ दिल्लीमा भारत र श्रीलंकाबीच टेस्ट क्रिकेट भइरहेको थियो । त्यो खेल विभिन्न टेलिभिजनच्यानलमार्पmत् विश्वभर प्रत्यक्ष प्रशारण भइरहेको थियो ।
अचानक्, खेल रोकियो !
त्यो साता नयाँदिल्लीको वायु प्रदूषण यति खराब थियो कि एक श्रीलंकाली खेलाडीले सास फेर्नै सकेनन् । कुद्दा–कुद्दै रोकिए, र दुबै हात आप्mनो घुँडामा राखी घोप्टो परेर वान्ता गर्न थाले ।
त्यो दिन नयाँदिल्लीको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको स्वीकार्य–मापदण्ड भन्दा २२ गुणा बढी थियो ।श्रीलंकाली खेलाडीहरुलाई यति खराब वायु प्रदूषणमा क्रिकेट खेल्ने बानी थिएन । त्यो दृश्यले सम्पूर्ण भारतीयलाई लज्जित बनायो । वातावरणसँग सम्बन्धित मुद्दा हेर्ने भारतीय अदालतले यस्तो प्रदूषित वातावरणमा क्रिकेट खेल्न अनुमति दिएको भन्दै नयाँदिल्ली सरकारको आलोचना ग¥यो ।
“त्यो साता दिल्लीको वायु प्रदूषण खराब हुने समाचार हरेक पत्रिकामा छापिएको थियो, तै पनि त्यसलाई कम गर्ने प्रयास गरिएन । खेलाडीहरुले पनि मुखमा मास्क लगाएर खेल्नुप¥यो,” अदालतले भन्यो, “के यही नै दिल्लीवासीको नियति हो ?”
यो घटनाले त्यो भन्दा महत्वपूर्ण प्रश्न पैदा गरेको छ – “गरीबी विरुद्धको लडाईंमा छलाङ मारिरहेको र विश्व शक्तिको रुपमा उदाउने प्रयासमा रहेको भारत किन प्रदूषण नियन्त्रणमा चाहिँ असक्षम छ ?”
दिल्लीको वायु प्रदूषण समस्याले भारतको अन्तर्राष्ट्रिय छवि धूमिल पार्दैछ, र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध असन्तुष्टि बढाउँदैछ । यसले भारतीय अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पारेको छ । वायु प्रदूषणले बालबालिकाको मस्तिष्कलाई स्थायी क्षति पु¥याउने चेतावनी यूनिसेफले दिएको छ ।
भारतीय वातावरणवादीहरुका अनुसार वायु पदूषण थुपै्र टाउका (कारक तत्व) हरु भएको एउटा राक्षस जस्तै हो । उनीहरु भन्छन्,“भारतीयप्रधानमन्त्री मोदी वायु प्रदूषण हटाउन असफल भएकामात्रै छैनन्, बरु उनकै उद्योग–व्यापार मैत्रीनीतिले यो समस्याले झन् चर्को बनाउँदैछ ।”
वन्यजन्तु संरक्षण अभियन्ता प्रेरणा विन्द्रा भन्छिन्,“उद्योग–व्यापार गर्ने प्रक्रियालाई सरलीकरण गर्ने नाउँमा वातावरण जोगाउन आवश्यक नियमनहरुलाई कमजोर पारिँदैछ । भारतीय समृद्धिको कथामा वातावरणसँग जोडिएका मुद्दालाई बेवास्ता गरिएको छ । कतिपय भारतीय सहरमा त मानिसले हरेकपटक सास फेर्दा विष निल्ने गरेका छन् ।”
गत कार्तिक अन्त्यतिर नयाँदिल्लीको हावामा यति धैरै धूलो र धूँवा मिसिएको थियो कि सडकको एउटा किनाराबाट अर्को किनारा देख्न पनि मुश्किल पथ्र्यो । यूनाइटेड एयरलाइन्सले धेरै दिन सम्मकुनै जहाज नै उडाउन सकेन । विद्यालयहरुसमेत बन्दगरियो । श्वास–प्रश्वाससँग सम्बन्धित रोगीले थुपै्र अस्पतालहरु भरिए ।
[foogallery id=”1462″]
धेरै रोगीको अनुभव उस्तै थियो – कसैले आप्mनो मुखमा औंला छिराएर श्वास नली नै बन्द गरिदिए जस्तो !
डिजेल धू्रँवा, निर्माण क्षेत्रबाट उड्ने धूलो र कोइला कारखानाले भारतमा बर्षभरि नै वायु प्रदूषण गरिरहेको हुन्छ । तर, हिउँदयामको सुरुतिर भने यो समस्याले निकै विकराल रुप लिने गरेको छ । किनकि, यही समयमा उत्तर भारतका किसानहरुले हिउँदे बाली लगाउँछन् । त्यसका लागि उनीहरुले आप्mनो खेतलाई झन् उब्जनीपूर्ण बनाउन अघिल्लो बालीका ठूटा र फोहोरहरु जलाउँछन् ।लाखौं हेक्टर जमिनमा यसरी आगो लगाइँदा त्यसबाट उड्ने धूँवाले आकाश ढाकिन्छ । र, स्थिर र चिस्सिँदो हावामाती सबै प्रदूषणजन्य कणहरु मिसिन्छन् ।
भारतको केन्द्र सरकारका वातावरण मन्त्रीहर्ष वर्धनले हावाबहन सुरु भएपछि वायु प्रदूषण आपैm हट्ने भएकोले धेरै नआत्तिन दिल्लीवासीलाई आग्रह गरे । तर, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ‘ग्याँस च्याम्बर’मा परिणत भएको बताए ।
केन्द्रीय वातावरण मन्त्री र मुख्यमन्त्रीको परस्पर–विरोधी भनाई अर्कै राजनीतिक मुद्दा हो । भारतमा केन्द्रीय र प्रान्तीय सरकारले जहिल्यै एकअर्काको थाप्लोमा समस्या राखेर आपूmउम्किने प्रयास गर्दै आएका छन् । यसकारण, भारतले एक ढिक्का भई वायु प्रदूषणको समस्यासँग जुध्न सकिरहेको छैन ।
“वायु प्रदूषण बढ्नुमा केन्द्र र प्रान्तहरुबीच समन्वय नहुनु नै मुख्य कारण हो,” भारतको प्रमुख प्रति पक्षीदलका नेता तथा पूर्वमन्त्री सलमान खुर्सिदले भने, “केन्द्र सरकार कुरा मात्रै गर्छ, काम गर्दैन ।”
तर वातावरणवादीहरु भन्छन् – वायु प्रदूषणको विषयमा त मोदीले कुरासमेत गरिरहेका छैनन् । मोदी ट्वीटरमानिकै सक्रिय छन् र विभिन्न राजनीतिक, सामाजिक एवं साँस्कृतिक मु्द्दाबारे चर्चा गरिरहेका हुन्छन् । तर, आप्mनो देशको राजधानीमा आपैंmले श्वास फेर्ने हावा विषाक्त बन्दा उनी मौन बसे ।
जब दिल्लीमा बाल बालिकाहरुलाई श्वास फेर्न गाह्रो भइरहेको थियो, तब मोदीले भारतीय राजकुमार प्रिन्ससँगको भेटदेखि चेन्नईको ‘समृद्ध सांगीतिक परम्परा’को विषयमा ट्वीट गरिरहेका थिए । तर, वायु प्रदूषणको विषयमा उनले एक शब्द पनि खर्चिएनन् ।
‘मेरो सास फेर्ने अधिकार’ नामक नागरिक अभियानमा आवद्ध अधिकारकर्मी गौरी रावले भनिन्, “कसैले वायु प्रदूषण हटाउन सक्छ भने प्रधानमन्त्रीले मात्रै सक्छन्, तर प्रधानमन्त्री नै यो विषयमा बिल्कुल मौन छन् ।”
मोदीले विभिन्न सामाजिक कुरीतिहरु विरुद्धको लडाईको नेतृत्वगर्दै आएका छन् । त्यसको एउटा उदाहरण हो, खुला शौचमुक्त भारत निर्माण अभियान । विभिन्न भारतीय सहरमा मोदीको मुहार–चित्र अंकितपोस्टरहरुले शौचालयको महत्वबारे जनचेतना पैmलाइरहेका छन् ।
मोदीका एक सल्लाहकारले वायु प्रदूषण दिल्लीमा सीमित र केही सातामात्रै कायम रहने समस्या भएकोले प्रधानमन्त्रीले त्यसतर्पm खासै ध्यान निदिएको संकेत गरे । तर, दिल्लीको हावाप्रायः बर्षभरि नै प्रदूषित रहन्छ । र, यो समस्या दिल्लीमामात्रै सीमित पनि छैन । मुम्बई, चेन्नई, कोलकाता, लखनऊ, आग्रा, अहमदाबाद र हैदराबादमा विश्व स्वास्थ्य संगठनले सुरक्षित भनेको मापदण्ड भन्दा कम्तीमा ६ गुणा बढी वायु प्रदूषण छ ।
मेडिकल जर्नल ‘लान्सेट’का अनुसार सन् २०१५ मावायु प्रदूषणको प्रत्यक्ष एवं अप्रत्यक्ष असर स्वरुप २५ लाख मानिसको मृत्यु भयो । यूनिसेफको नयाँप्रतिवेदनले बालबालिकाको सोच्ने, बुभ्mने र सिक्ने क्षमतामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ ।
तर, भारतीय नेतृत्वतहमा बसेकाहरु एक जुट भई यो समस्याबारे छलफल गर्दैनन् ।
गत कार्तिक २२ गते नासा (अमेरिकी अन्तरिक्ष एजेन्सी)ले उत्तरी भारतको आकाश बाक्लो प्रदूक्षित हावाले भरिएको तस्वीर सार्वजनिक ग¥यो । त्यसलगत्तै दिल्लीका मुख्यमन्त्री केजरीवालले ट्वीट गरे – “सर, दिल्ली निस्सासिएको छ ।”
पञ्जाबका मुख्यमन्त्री अमरिन्द्र सिंहले उत्तर फर्काए, “यो अन्तर–राज्य छलफलको विषयहोइन ।”
एक सातापछि केजरीवालले भने, “मलाई भेट्ने समय निकाल्नुभयो भने म धन्यहुने थिएँ ।”
तर, दुई मुख्यमन्त्रीले एक अर्कालाई भेटेनन् । यो विषयमा छलफलको सुरुवात नै गरेनन् । उनीहरुले प्रधानमन्त्रीमोदीसँग भेटेर समस्या समाधानको पहल गर्ने प्रयत्नपनि गरेनन् ।
मोदीसँग भारतीय वातावरणवादीहरुको थुप्रै गुनासा छन् : मोदीले वातावरणीय प्रभावमूल्यांकन नै नगरी विभिन्न निर्माण परियोजनाको स्वीकृति दिएकोले वायु प्रदूषणले चर्को रुप लिएको हो, उनले कोइला कारखानाको नियम नगर्न पनि सकेनन् र उनले नै दिल्ली छेउ र भारतका अन्य विभिन्न स्थानमा नयाँ कोइला कारखाना खोल्ने अनुमति दिएका छन् ।
मोदीका सल्लाहकारहरु भन्छन् – भारत सरकारले सौर्य उर्जाको प्रवद्र्धन गरिरहेको छ । तर, उनीहरुले भारतीय अर्थतन्त्रको उदारीकरण गर्दै समृद्धिको बाटोमा लम्किने योजनामा मोदी सरकार अघि बढिरहेको तथ्य लुकाउने प्रयत्न गर्दैनन् ।
अर्थात्, वातावरणवादीहरुका लागि जे कुरा ‘समस्या’हो, त्यो मोदी सरकारका लागि ‘समृद्धि’ हो ।
उदाहरणका लागि, मोदी सरकारले वन्यजन्तुको वास स्थान क्षेत्रमा धमाधम औद्योगिक परियोजनाहरुको स्वीकृति दिइरहेको छ । यो हरित क्षेत्रले कार्बन सोसेर वातावरण स्वच्छ राख्न ठूलो मद्दत पु¥याउँछ । तर, यस क्षेत्रमा मोदी सरकारको पालामा औद्योगिक परियोजना स्वीकृति दर ४५ बाट बढेर ७५ प्रतिशत पुगेको छ ।
मोदीका एक सहयोगीको अनुसार, औद्योगिक–व्यवसायिक परियोजना स्वीकृति गर्ने दर बढेकै कारण विश्व बैंकको व्यापार गर्न सहज रहेको देशहरुको सूचिमा भारत ३० तहमा थिपुगेको छ । लगानीकर्ताहरुले भारतको यो प्रयासको सह्राना गरेका छन् ।
हरेक कार्तिक–मंसिरतिर नयाँदिल्लीको आकाशमा सेतो धूँवाको मुस्लो बादल बनेर मडारिन्छ । पञ्जाब र हरियानाका खेतमाबालीका ठुटाहरु जलाइँदा निस्किने यो धूँवादिल्लीको हावाको एक चौथाई भागबन्न पुग्छ ।
यसैले, विभिन्न राज्य सरकारहरुले यो समस्या हलगर्न आवश्यक विकल्पहरुबारे सोच्न राज्य सरकारलाई आग्रह गरेका छन् । त्यसमध्ये एक विकल्पहो, खेतमा बाली–ठुटाहरु जलाइनु भन्दागोठमा लगेर गाईको आहारा बनाउनु । यसका लागि दुई सय मिलियन डलर खर्च हुने अनुमान गरिएको छ । तर, भारत सरकारको लागि यो खासै ठूलो रकम होइन । यो भारतीय अर्थतन्त्रको एक प्रतिशत भागलाई १० भागमा विभाजन गर्दा हुने एक भागमात्रै हो ।
भारतमा वायु प्रदूषणको समस्या यति विकराल बन्दापनि ठूलो विरोध प्रदर्शन भइरहेको छैन । किनकि, ठूला राजनीतिक दलहरुले यसलाई एउटा सानो समस्या ठानेका छन् ।
तर, ‘चोक्ड ! इन्साइड दि वल्र्डस् मोस्ट पल्युटेट सिटिज्’ पुस्तककी लेखिका पल्लवी ऐय्यारलाई खासै अचम्म लागेको छैन । उनको भनाई छ, “सरकारले सेवा उपलब्ध गराउननसके आपैm त्यसको जोहो गर्ने बानी भारतीय जनताको छ । बिजुली छैन, मानिसहरु इ्रन्भर्टर किन्छन् । पानी छैन, इनार खन्छन् । सुरक्षा छैन, सुरक्षाकर्मीलाई जागिर दिएर राख्छन् ।”
भारतीय वातावरणवादीहरुले मोदीको आर्थिक समृद्धिको सपना पूरा गर्न वायु प्रदूषण बाधक हुन्छ भन्दै सरकारलाई यो समस्या हलगर्न घच्घच्याइरहेका छन् । उनीहरुको तर्क छ, वायु प्रदूषणका कारण जसरी दिल्लीमा श्रीलंकन क्रिकेट खेलाडीले खेलकै बीचवान्ता गरे, त्यसले भारतको अन्तर्राष्ट्रिय छवि बिगार्छ र लगानीकर्ताहरु भारतमा लगानीगर्न आउन हिच्किचाउँछन् ।
विश्व बैंकका अनुसार वायु प्रदूषणका कारण भारतले हरेक बर्ष ५५ अर्ब डलरभन्दा बढी आर्थिक नोक्शानी व्यहोर्दै आएको छ ।
यो समस्याका कारण कतिपयले दिल्ली छाड्न थालेका छन् । कानूनी व्यवसायी विनय केसरी र उनकी गर्भवती श्रीमती हालसालै दिल्लीबाट बैंग्लोर बसाईं सरे ।
“हामी चाहान्थ्यौं, हाम्रो बच्चाले दिल्लीको हावामा सास फेर्न नपरोस्,” उनले भने ।
आलेख तथातस्बिरः न्यूयोर्क टाइम्स