नेपालमा बाघको संख्यामा वृद्धि, २ सय ३५ पुगे

काठमाडाैं– नेपालमा बाघको संख्यामा वृद्धि भएकाे तथ्यांक सार्वजनिक भएकाे छ। वन तथा वातावरण मन्त्रालयले संरक्षण दिवसकाे अवसरमा अाइतबार तथ्यांक जारी गर्दै संरक्षित क्षेत्रमा बाघकाे संख्या दुर्इ सय ३५ पुगेकाे जनाएकाे हाे।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्राविधिक समितिका संयाेजक गाेपालप्रसाद भट्टरार्इका अनुसार तीमध्ये दुर्इ सय ९ पाटे बाघ छन्। भने बाँकी तिनका डमरू रहेका छन्।

चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन क्षेत्रका २२ हजार वर्गकिलोमिटर क्षेत्रफलमा बाघको गणना गरिएकोमा भालेभन्दा पाेथी बाघकाे संख्या बढी रहेकाे पाइएकाे छ।

गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएकाे उनले बताए।

सन् २०१३ मा नेपालमा बाघकाे संख्या १ सय ९८ थियाे, भने सन् २०१० मा १ सय २१ वटा बाघ रहेका थिए।

सन् २०१० मा रसियाको सेन्ट पिटस्वर्गमा भएको बाघ पाइने मुलुकका राष्ट्र प्रमुखहरुको सम्मेलनले बाघ संरक्षणमा जोड दिँदै आगामी सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेका थिए।

 संयाेजक गाेपालप्रसाद भट्टरार्इका अनुसार नेपालमा बाघ संरक्षणका लागि सरकारले विभिन्न प्रयास गरिरहेकाे छ।

बाघकाे अवैध व्यापारमा नियन्त्रण र  नियमन, संरक्षित क्षेत्रमा नियमित गस्ती, सुरक्षा तथा चेकजाँचकाे काम हुने गरेकाे छ भने जासुसी कुकुरकाे पनि प्रयाेग गरिँदै अाएकाे छ।

 

ताजा समाचार

सम्बन्धित समाचार