निजगढ विमानस्थलका लागि काटिने जंगल (फाेटाे/भिडियाे)

२३ वर्षदेखि चर्चामा रहेको बारास्थित प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब अघि बढ्ने अपेक्षा गरिएको छ ।

८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रफलमा पहिलो र दोस्रो चरणमा विमानस्थलको संरचना बनाउने गरी वन तथा वातावरण मन्त्रालयमार्फत् ९ जेठमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ ।

८ हजार ४५ दशमलव ७९ हेक्टर जमिनमध्ये ७ हजार ९ सय ६९ दशमलव ३७ हेक्टर वन क्षेत्रमा रहेको छ, भने बाँकी क्षेत्रमा बस्ती ।

सो क्षेत्रमा २४ लाख ५० हजार ८ सय २१ रुख रहेको ईआईएमा उल्लेख भएपनि पहिलो चरणमा २ हजार ५ सय ५६ हेक्टरका ७ लाख ६९ हजार रूख कटान गर्नुपर्ने छ । जुन क्षेत्रमा विमानस्थल बन्नेछ, दोस्रो चरणमा विमानस्थल शहरको योजना छ ।

पहिलो चरणमा रुख कटानका लागि सरकारले प्रक्रिया अगाडि बढाएका बेला वन तथा वातावरणसँग सम्बन्धित सरोकारवाला एवं विज्ञहरुले ‘वातावरणीय क्षति’ को विषयमा प्रश्न उठाएका छन् ।

एउटा रुख काटे बापत २५ बिरुवा रोप्नुपर्ने व्यवस्थाको अक्षरस पालना हुनुपर्ने एवं विमानस्थल निर्माणको सुनिश्चितता हुनुपर्ने उनीहरुको माग छ ।

आँखिर विमानस्थल निर्माण हुने क्षेत्रमा केकस्ता रुख छन् रु हेर्नुहोस् तस्वीरमा ।
निजगढ विमानस्थलबारेको विस्तृत भिडियो रिपोर्ट ४ भदौ (बिहीबार) आँखीझ्याल कार्यक्रममा प्रशारण हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार