Friday, September 20, 2024

आँधीखोलामा सुली : एग्रोसँग ४० लाख क्षतिपूर्ति, माछाका साढे तीन लाख भुरा राख्नुपर्ने

काठमाडौं–आँधीखोलाको स्याङ्जा गल्याङस्थित खण्डमा २१ वैशाख २०७५ राति एमोनियायुक्त विषाक्त कुखुराको सुली मिसाउने एग्रो फार्मसँग ४० लाख रूपैयाँ क्षतिपूर्ति असुल गरिने भएको छ।

भीरकोट नगरपालिका–६ मा सञ्चालित खिलुङ कालिका एग्रो फार्मले सुली मिसाउँदा माछासहित जलचर सखाप भएको घटनामा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जलसंरक्षण ऐन–२०१७ अनुसार कारबाहीको आदेश दिएको हो।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी यादवराज शर्माका अनुसार एग्रोले सुलीका कारण प्रभावित बनेको कालीगण्डकी गाउँपालिकालाई २० लाख क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ। र, सोही घटनाका कारण प्रभावित बनेको गल्याङ नगरपालिकालाई २० लाख क्षतिपूर्ति दिनुपर्ने सहमति यसअघि भइसकेको उनले बताए।

आँधीखोलामा विषाक्त सुली मिसाउँदा एक करोडको क्षति : छानबिन समिति 

सूचना अधिकारी शर्माका अनुसार आँधीखोलाको जैविक विविधतालाई पूर्ववतरुपमा फर्काउन एग्रोले खोलामा साढे ३ लाख माछाका भुरा राख्नुपर्नेछ। प्रमुख जिल्ला अधिकारी कौशलहरि निरौलाको इजलाशले खोलमा ५०–५० हजार सहर माछा, कत्ले माछा, थेड माछा, गर्वी माछा र हाडे माछा, राजाबाम माछा र रेवा माछा राख्नुपर्न थप आदेश २७ भदौमा दिएको हो।

‘मत्त्यस विकास केन्द्र चिसापानी र कालीगण्डकी मत्स्य ह्याचरीको समन्वयमा र नेतृत्वमा माछाका भुरा छाड्नुपर्नेछ,’ सूचना अधिकारी शर्माले भने, ‘त्यसको रेखदेख ३ वर्षसम्म गर्नुपर्नेथप आदेश भएको छ।’

कसले मिसायो आँधीखोलामा एमोनिया?

जल संरक्षण ऐनमा हानिनोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति भराई पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। स्याङ्जा प्रशासनले उक्त एग्रोसँग ४ हजार ५ सय जरिवाना पनि आदेश दिएको छ।

घटना पश्चात गठीत छानबिन समितिले जेठ दोस्रो साता जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो। प्रशासनले खिलुङ कालिका एग्रो फर्मका कार्यकारी प्रमुख शोभाकान्त ढकाल, स्काभेटर चालक कृष्ण परियार, डिल्लीराम अधिकारी र सन्तोष अर्याललाई जलचर संरक्षण ऐन–२०१७ अनुसार मुद्दा चलाएको थियो।

आँधीखोलाका माछा एमोनियाले मरेकोे पुष्टि

मिर्मीस्थित मत्स्य विकास केन्द्रले घटना भएको करीब ४८ घण्टापछि सुली मिसाइएको पानीको नमूना परीक्षण गर्दा अक्सिजनको मात्रा प्रतिलिटर कम थियो, भने एमोनिया ग्यासको मात्रा बढी थियो । र, अक्सिजनको मात्रा न्यून र एमोनियाको मात्रा अधिक हुँदा आँधीखोलामा माछासहित जलचर मरेको केन्द्रीय मत्स्य प्रयोगशाला काठमाडौंले यसअघि नै पुष्टि गरिसकेको थियो।

फार्मबाट निस्कने सुली व्यवस्थापनका लागि गल्याङ नगरपालिका–७ को आँधीखोला किनारामा दुईवटा पोखरी बनाएको थियो। पोखरी र आँधीखोलाको दूरी करिब ५० मिटर पर्दछ।

आँधीखोलाका माछा सखाप प्रकरण : कारबाहीमा प्रशासन मौन

ताजा समाचार

सम्बन्धित समाचार