Tuesday, November 4, 2025

रोल्वालिङ हिमपहिरोः पाँच जनाको उद्धार, सात जना अझै बेपत्ता

१८ कात्तिक, दोलखा।

रोल्वालिङ हिमश्रृंखलामा पहिरोमा परी घाइते भएका ५ जनाको उद्धार गरिएको छ ।

२ विदेशी र ३ जना नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । ७ जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनका अनुसार हिमपहिरोबाट जोगिएका थप ३ जना नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षित रूपमा राखिएको छ । उनीहरूको केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताए । डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि २ ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका ५ विदेशीसहित १५ आरोही टेन्ट टाँगेर बसेको स्थानमा सोमबार बिहान हिमपहिरो खसेको हो ।

हिमपहिरोमा पुरिएर १ जना विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरूको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताए । उद्धारका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार