Friday, April 11, 2025

अन्तिम मह शिकारी

खुम्बु क्षेत्रको एक अति दुर्गम गाउँमा बसोबास गर्ने यी ५७ बर्षीय मह शिकारी आज भीरमौरीको मह काड्न अजङ्गको चट्टानी पहाड चढ्दैछन्, आप्mनो कमजोर र वृद्ध ज्यानलाई हत्केलामा राखेर ।

आलेखः मार्क सिनट
तस्बिरः रेनान अजटुर्क

[foogallery id=”1049″]

मौली धन मौरीको गोला छेउ पुग्नै लागेका छन् !

अब एउटा चट्टानको पहरामात्रै बाँकी छ, मौली धन र मौरीको गोलाबीच ।

मौली धन, अर्थात् सम्भवतः नेपालकै अन्तिम मह शिकारी ।

खुम्बु क्षेत्रको एक अति दुर्गम गाउँमा बसोबास गर्ने यी ५७ बर्षीय मह शिकारी आज भीरमौरीको मह काड्न अजङ्गको चट्टानी पहाड चढ्दैछन्, आप्mनो कमजोर र वृद्ध ज्यानलाई हत्केलामा राखेर ।

उनी भुईंभन्दा झण्डै ३०० फिट माथि छन् । चीसो बतासले घरिघरि उनलाई उडाएर लैजान खोज्छ । तल होङ्गू नदी उर्लिरहेको छ । हात–खुट्टा चिप्लेर तल खसियो भने सिधै नदीमा बजारिइन्छ ।

बाँसको चोयाबाट बनेको भ¥याङमा अडिएर मौली धन त्यो अन्तिम चट्टानी पहराको अवलोकन गर्छन्, जसलाई नछिचोली भीर मौरीको घारसम्म पुग्न सकिन्न ।

हजारौ मौरीहरुले भुन्भुनाउँदै सुरक्षा दिइरहेको त्यो अर्ध चन्द्राकार घार एउटा ठूलो पहरामुनि झुन्डिरहेको छ । त्यो घारभित्र टनाटन खाँदिएको हिमाली मह निकै महङ्गो मूल्यमा बिक्री हुन्छ । एसियाको विभिन्न देशमा एक पाउन्ड हिमाली मह ६ देखि ८ हजार रुपैयाँमा बिक्री हुन्छ ।

हिमाली मह अलि धेरै खायो भने झम्म निद्रा लाग्छ । ठीक्कसँग खायो भने यसले औषधिको काम गर्छ । यसैले, यसको महत्व र मूल्य बढी छ । मौली धन जन्मे–हुर्केको कुलुङ समुदायका मानिसले रुघाखोकी र अन्य विभिन्न रोगको औषधिको रुपमा यो मह सेवन गर्दै आएका छन् ।

कतिपय विदेशीले यौनवद्र्धक औषधिको रुपमा पनि हिमाली मह सेवन गर्छन् । महको चाकाबाट मैन पनि निस्किन्छ, जसलाई काठमाडौंका कालीगढहरुले ताँमा र पित्तलका मूर्ति जोड्न प्रयोग गर्छन् ।

मौली धनको लागि भने भीर मौरीसँग लड्दै–भिड्दै मह काड्नु भनेको दुई–चार हजार रुपैयाँ कमाउनुमात्रै हो । उनी यो पैसा नुन, तेल र अन्य ती बस्तु किन्न खर्च गर्छन्, जुन उनको खेतबारीमा फल्दैन ।

मह काडेर दुई–चार पैसा हात नपर्दो हो त उनको परिवारले निस्तो भात खानु पथ्र्यो । तर, पैसा जति नै आवश्यक भए पनि अब उनी यो डरलाग्दो काम छाड्ने मनस्थितिमा पुग्दैछन् । अब उनको शरीर बूढो र जीर्ण हुँदैछ । भ¥याङ चढ्दा–चढ्दै पाखुराहरु थाक्न थालेका छन् । थुप्रै मौरीले एकैसाथ उनको अनुहार, घाँटी, हात र पिडुँलाहरु टोक्छन् । उनको शरीर सुन्निन्छ । अब पहिलेजस्तो पीडा सहने तागत पनि त छैन नि !

तर, यो बेला उनी ३०० फिट माथिको अक्करे भीरमा पुगिसकेका छन् । यति कष्ट गरी मौरीको गोला छेउ पुग्नै लागेपछि खाली हात फर्किनु त भएन नि !

एउटा सानो ढुँगाको खुड्किलोमा पाइला राख्छन् र चोयाको भ¥याङ छाडिदिन्छन् । त्यही भ¥याङ चढेर उनका सहयोगी आशधन कुलुङ पनि माथि आउँछन् । अब दुबैको जिन्दगी त्यो सानो ढुँगामा अडेको छ ।

मौली धन र आशधन बिस्तारै भीर मौरीको घारतर्पm पाईला चाल्छन् । जति अघि बढ्यो पाईला अड्याउने ठाउँ उति नै साँघुरो र अप्ठ्यारो बन्दै जान्छ । छिसिक्क तलमाथि हुनुहुन्न । नत्र जिन्दगी झिरिप्पै बन्न बेर छैन ।

मौली धनको हातमा बाँसको एउटा लामो टुक्रा र हरियो घाँसको मूठा पनि छ । उनी त्यो मूठामा आगो सल्काउँछन् । धूँवाको मुस्लो उड्छ र मौरीहरुलाई भगाउँछ । तैपनि कतिपय मौरीले त टोक्न भ्याई नै हाल्छ । तर, उनी आत्तिदैनन् । शान्त र स्थिर भई एउटा कुलुङ मन्त्र भट्याउँछन् – “हे, रङ्केमी ! हामी चोर होइनौं । हामी डाकू पनि होइनौं । हामी यही गाउँठाउँको पुर्खाको सन्तान हौं । हामीलाई दुःख नदेऊ । उडेर जाऊ ।”

रड्केमी, अर्थात् भीर मौरीको रक्षा गर्ने देउता । डरलाग्दो अक्करे भीरमा बस्ने यो देउताले आजसम्म सधैं मौली धनको रक्षा गरेको छ । र, उनलाई विश्वास छ – रङ्केमीले उनलाई सधैं रक्षा गरिरहने नै छ । यसैले, उनी त्यत्रो डरलाग्दो भीर चढ्दा पनि डराउँदैनन् । अनुहारैभरि भीर मौरीले टोक्दा पनि आत्तिदैनन् ।

सर्वोच्च शिखर सगरमाथामुन्तिरको सानो खोंचमा छ, मौली धनको गाउँ । यहाँका कुलुङहरु शदियौंदेखि यहीँ बसोबास गर्दै आएका छन् । उनीहरुमध्ये अधिकांशले कहिल्यै गाउँ छाडेका छैनन् । मौली धनजस्ता अगुवा पनि गाउँभन्दा खासै धेरै टाढा पुगेका छैनन् ।

उनीहरु अभैm काठमाडौंलाई ‘नेपाल’ भन्छन् । अर्थात्, उनीहरुका लागि काठमाडौं एउटा दूरदराजको देश हो ।

तर, उनीहरुको गाउँ पनि बिस्तारै बाँकी विश्वको नजिक पुग्दै गरेको प्रतीत हुन्छ । अब दुई दिनको पैदल यात्रापछि नै गाडी चड्न ठाउँ पुग्न सकिने भएको छ । यहाँबाट अलि माथि पैदल मार्ग बन्दैछ, जहाँबाट पर्यटकहरु खुम्बु भ्रमण गर्छन् । एक नेताले त यहाँ नजिकै विमानस्थल नै बनाउने आश्वासन पनि दिएका छन् ।

यहाँको प्राचीन कुलुङ सभ्यता र सँस्कृति विस्तारै आधुनिक युगतर्पm पाइला चाल्दैछन् । विश्व यति छिटो बद्लिँदैछ कि यो सानो हिमाली गाउँमात्रै अलग रहन कहाँ सक्छ र !

मौलीको घर जीर्ण भइसकेको छ । २०७२ सालको भुइँचालोले पर्खालहरु चीरा परे । पूरै त भत्केन, तर जुनै बेला पनि भत्केला जस्तो देखिन्छ । गाउँका अन्य घर नीलो जस्ता पाताले छाएका छन् । मौलीको घर चाहिँ खरले छाएको छ ।

ढुँगा र माटोले बनेको यही एक कोठे घरको कुनामा मौली अँगेनाछेउ टुक्रुक्क बस्छन् । र, आप्mनो कथा सुनाउँछन् ।

स्थानीय बन अधिकारीहरुले मौली धनलाई मात्रै भीर मौरीको मह काड्ने अनुमति दिएका छन् । यो उनका लागि पहिचान र प्रतिष्ठाको विषय हो । तर, यो प्रतिष्ठाले उनलाई सुखी र सम्पन्न चाहिँ बनाउन सकेन ।

मह शिकारीको रुपमा मौलीको जिन्दगी झण्डै ४० बर्षअघि सुरु भएको थियो । त्यो बेला उनी करिब १५ बर्षका थिए । र, उनले जिन्दगीमा पहिलोपल्ट आप्mनो बुबालाई भीर मौरी काड्न सघाएका थिए । त्यस रात उनले एउटा अनौठो सपना देखे ।

“मैले दुई अति सुन्दर युवती देखेँ,” उनी त्यो सपना अभैm सम्झन्छन्, “अचानक मैले आपूmलाई एउटा अक्करे भीरको कुनामा पैmलिएको माकुराको जालोमा अड्केको अवस्थामा पाएँ । त्यहाँबाट निस्किल बल गर्दै थिएँ । त्यही बेला मैले एउटा ठूलो सेतो बाँदर देखेँ । उसले आप्mनो पुच्छर मतिर खसायो । र, ती दुई सुन्दर युवतीले मलाई त्यो पुच्छर समात्न मद्दत पु¥याए । बाँदरले तानेर मलाई त्यहाँबाट निकाल्यो ।”

भोलिपल्ट मौलीले आप्mनो बुबा र गाउँका गन्यमान्यहरुलाई त्यो सपना सुनाए । उनीहरुको भनाई थियो – त्यो बाँदर रङ्केमी देउता हो । हत्तपत्त मान्छे पुग्न नसक्के अक्करे भीरमा बस्ने यो देउता कहिलेकाहीँ अति रिसाउँछ । तर, उसको स्वभाव भने दयालु छ ।

उनीहरुले थपे – सपनामा रङ्केमीसँग साक्षात्कार भइसकेपछि अब मौलीलाई भीरपहरा चढ्दा केही हुँदैन, रङ्केमी देउताले सधैं उसको रक्षा गर्छ ।

त्यसपछि नै हो, मौलीले मह शिकारी बन्ने निधो गरेको हो । त्यसयता हरेक शरद र बसन्त ऋतुमा मौलीले भीर मौरीको मह काड्न आप्mनो जिन्दगीलाई दाउमा राख्दै आएका छन् ।

मौली जन्मिएको गाउँको नाउँ हो, छेस्काम । यो गाउँमा त्यसबेला कुनै विद्यालय थिएन । खेत, जँगल र भीरपहरा नै उनको कक्षा कोठा थियो । यही उनी घाँस काट्थे । गाईबस्तु चराउँथे ।

गरीबी र स्वास्थ्य सेवामा पहुँचको अभावले यो गाउँका धेरै मानिसको अल्पायूमै मृत्यु हुन्छ । मौलीका दुई भाइको अल्पायूमै निधन भयो । उनले तीन विवाह गरे । तर, तीनै श्रीमतीको अल्पायूमै मृत्यु भयो । उनी एक्लैले चार छोरी, तीन छोरा र पाँच नातिनातिनी हुर्काउनु प¥यो ।

उनी मकैको खोसेलामा सूर्ती बेर्छन्, त्यसमा अगुल्टोले आगो सल्काउँछन् र लामो धूँवा तान्दै भन्छन्, “म अब थाकिसकेँ । मसँग अलिकति पैसा हुँदो हो त म पहिले नै यो काम छाडिसक्थेँ ।”

मौलीले यो काम छाडे भने उनको बिँडो कस्ले थाम्ने? आशधन कुलुङले ? हो, आशधनमा मात्रै मह शिकारी बन्ने क्षमता छ । उनले झण्डै १५ बर्षदेखि मौलीको सहयोगीको रुपमा काम गरेका छन् । झण्डै ४० बर्ष उमेर कटेका उनी खिरिला तर कस्सिला छन् ।

तर, रङ्केमी देउताले मौलीलाई जस्तो आशधनलाई आजसम्म सपनामा दर्शन दिएका छैनन् । यसैले, उनले अहिलेसम्म मौरीको घार छुने चेष्टा गरेका छैनन् । मौलीले घार झारेपछि मात्रै आशधनले त्यसले छुने गर्छन् ।

“सपनामा रड्केमी आइदिएको भए मैले पनि मह काड्न सक्थेँ, तर किन हो कुन्नि, मैले अभैmसम्म त्यस्तो सपना देखेको छुइनँ,” उनी भन्छन्, “त्यस्तो सपना नदेखी ज–जसले मह काड्ने प्रयास गरेका छन्, तिनको जिन्दगीमा पक्कै केही न केही नराम्रो घटना भएको छ ।”

अब भेटौं, जंगी कुलुङलाई । उनी मुख्य योजनाकार हुन्, मह शिकारको । मौली, आशधान र उनीहरुको समूहका अन्य सदस्यभन्दा बिल्कुलै फरक देखिन्छन्, जंगी । अरु सबै खिरिला र कसिला छन् । जंगीको भने पुट्ट पेट लागेको छ ।

मौली जुन चोयाको भ¥याङ चढेर महको घारमा पुगेका थिए, त्यो जंगेलगायतले नै बनाएका हुन् । मह शिकार गर्न आवश्यक सम्पूर्ण सरसमान जंगेकै घरमा राख्ने गरिन्छ ।

२०७२ सालको भूँइचालाले भीरमौरी पाइने ठाउँसम्म पुग्ने बाटो भत्काइदियो । मनसुनमा उर्लिरहेको होङ्गु नदी तर्नुपर्ने भयो । जंगी र साथीहरु मिलेर त्यो नदीमा फड्के हाले । बाँसको फड्के बनाउन आधा दिन लाग्यो । त्यसपछि त्यो झण्डै १०० किलो वजन भएको भ¥याङको पोको बोकेर नदीपारि पु¥याइयो ।

जंगी खासमा एक व्यापारी हुन् । उनीसँग सौदाबाजी गर्ने कला छ । उनले बन कार्यालयका सरकारी अधिकारीहरुसँग कुरा गरेर महको शिकार गर्ने अनुमति लिन्छन् । काठमाडौंका व्यापारीहरुसँग सम्पर्क गरी मह बेच्ने जिम्मा पनि उनैले लिएका छन् । महमात्रै होइन, उनले अलैंचीको पनि व्यापार गर्छन् ।

खच्चडको ढाडमा बोराको बोरा अलैंची राखी बाहिर पठाउँछन् र बाहिरबाट नुन, तेल, चाउचाउ र बियरजस्ता सामाग्री ल्याई गाउँलेलाई बिक्री गर्छन् । उनी साक्षर छन् र अरु गाउँलेभन्दा निकै टाठा छन् ।

जंगीले मह बिक्रीबाट आएको रकम मह काड्ने टोलीका सबै सदस्यलाई तिनको अनुभव र योगदानको आधारमा बाँड्छन् । सबैभन्दा बढी पैसा लिन्छन्, मौलीले । ज्यान हत्केलामा राखेर तीन दिन काम गरेबापत उनले १० हजारजति पाउँछन् । तर, जंगीको भागमा कति पर्छ ? कसैलाई थाहा छैन । जंगी पनि यो कुरा बताउन चाहाँदैनन् । तर, यो गाउँका कुनै व्यक्तिको काठमाडौंमा घर छ भने जंगीको मात्रै छ ।

जंगीले धेरै बर्षसम्म काठमाडौंका एक व्यापारीलाई मात्रै मह बेचे । ती व्यापारीले दक्षिण कोरियामा रहेको अर्को व्यापारीलाई मह बेच्थे । थुप्रै दक्षिण कोरियालीहरु आप्mनो यौन क्षमता बढाउन भीर मौरीको मह खान्थे । “हाम्रो महको माग उच्च थियो, जति मूल्य मागे पनि पाइन्थ्यो,” जंगी सुनाउँछन्, “तर, एकपटक एक कोरियालीले अत्यधिक मात्रामा हिमाली मह खाएको र उसको मृत्यु हुन पुगेको हल्ला चल्यो । त्यसपछि हाम्रो महको माग घट्यो ।”

हिमाली मह एकैपटक धेरै खान नहुने जंगी बताउँछन् । एकपटकमा दुईदेखि तीन चम्चा खानु उत्तम हो । “धेरै खायो भने दीसा–पिसाब आएजस्तो हुन्छ र वान्ता हुन थाल्छ । वान्तापछि आँखा तिर्मिर हुन्छ । टाउको झमझम हुन्छ । दिमाग चलिरहन्छ । तर, शरीर चलाउन गाह्रो हुन्छ । यो नशा दुई तीन दिनसम्म कायमै रहन्छ,” जंगी भन्छन् ।

मह शिकारको अघिल्लो साँझ । मौली, आशधन र अन्य सबै सहयोगीहरु काठको टेबलवरिपरि बेञ्चमा बसेका छन् । एकजनाले कोदोको जाँड बाँड्दैछ । सबैले जाँड खाइरहेका छन् । बाहिर मुसलधारे पानी परिरहेको छ । एक छिन त असिना पनि झ¥यो । टिनको छानोमा असिना बजारिँदा चर्को आवाज आउँछ । तर, भित्र सबैजना झन् चर्को स्वरमा बोल्छन् ।

भोलि बिहान पनि यस्तै पानी प¥यो भने के गर्ने ? जाने कि नजाने ? कोही जाने भन्छन्, कोही नजाने ।

भोलि बिहान पनि पानी परी नै रहेको हुन्छ । खोला नालाहरु उर्लेका छन् । ठाउँठाउँमा पहिरो गइरहेको छ । भीर मौरीको घार रहेको ठाउँसम्म पुग्ने एउटा निकै भिरालो र लेउले ढाकिएको अक्कर चढ्नुपर्छ । पानी परिरहेको बेला यस्तो डरलाग्दो अक्कर चढेर मह काड्नु जानु भनेको आत्महत्या गर्नुजस्तै हो । सायद, यो रङ्केमीको क्रोध हो ।

तर, मौलीले मह काड्नै नै निधो गर्छन् । हेर्दा असम्भव लाग्ने डरलाग्दो काम गर्न तयार भएका छन्, उनी । सायद आप्mनो अनुभव र रङ्केमीको दयाले उनी यस्तो प्रतिकूल मौसममा पनि त्यो चिप्लो, भिरालो बाटो तय गर्दै भीर मौरीको गोलासम्म पुग्छन् ।

हरियो पातको मूठामा आगो झोस्दा निस्केको धूँवाले मौरीहरु भगाउँछन् । र, बिस्तारै घार काटेर डोरीको मद्दतले महका चाकाहरु तल भुइँमा झार्छन् ।

मौली धन भीरमा हुँदा उनको छोरा भने तल भुइँमा हुन्छन् । बाबुले झारेको मह र अन्य सामाग्रीहरु बोकेर घरसम्म लानु उनको काम हो । मौली धन तल झर्दा उनको अनुहार सुन्निएको हुन्छ । केही मौरीका खीलहरु अभैm उनको अनुहारमा गडेका छन् । आशधनले धैर्यताका साथ ती खीलहरु निकाल्छन् । मौलीका छोरा भने आप्mनो सानो मोबाइल फोनबाट फोटोहरु खिच्न थाल्छन् । ती फोटोहरु आप्mनो फेसबुक पेजमा हाल्ने उनको ध्याउन्न छ ।

मह काडेपछि उनीहरु केही बेर आराम गर्छन् । सुस्केरा हाल्छन् । मह काड्नु साँच्चै सामुहिक प्रयत्न हो । तर, उनीहरु सबैले जे काम पनि गर्न चाहिँ सक्दैनन् । घार काट्ने काम मौलीले मात्रै गर्न सक्छन् । किनकि, उनलाई मात्रै रङ्केमी देउताले सपनामा दर्शन दिएको छ । अरुले यो काम आँट्न सक्दैनन् ।

उनीहरुले महको घारभित्रै मरेका मौरीहरु टिपेर बाहिर प्mयाँल्छन् । त्यसपछि घारलाई धोइन्छ । मह निकालिन्छ । घारलाई उमालेर मैन बनाइन्छ । मैनलाई क्यूब आकारमा ढालिन्छ । अब मैन काठमाडौं निर्यात गर्न तयार भयो ।

मह बोक्न गाउँबाट अन्य किशोरहरु पनि आउँछन् । उनीहरुमध्य कतिपयले हातमा सस्तो चाइनिज स्मार्ट फोन बोकेका छन् । उनीहरु फेसबुकमा हाल्न फोटो खिच्छन् । नेपालको अन्य दुर्गम गाउँमा भैm त्यहाँ पनि मोबाइलको नेटवर्क पुगेको छ । तर, थ्रीजी इन्टरनेटको सिग्नल भने एकदमै कमजोर छ । गाउँको एउटा अग्लो भागको ठूलो ढुँगामा चढ्दा भने अलि राम्रो सिग्नल टिप्छ । उनीहरु त्यही पुगेर फेसबुक हेर्छन् । आप्mनो फोटो अपलोड गर्छन् ।

यो दुर्गम र अन्कन्टार गाउँका बालबालिकाहरु त्यही फेसबुकमार्पmत् बाहिरी दुनियाँ चिह्याउँछन् । उनीहरुमा बाहिर गएर अलि सुविधाजनक जिन्दगी बाँच्ने अभिलाषा पलाइसकेको छ ।

“अचेलका केटाकेटीलाई सँस्कृति र परम्पराको मतलब नै छैन,” मौलीको गुनासो छ, “मेरो शेषपछि यो परम्परा कस्ले धान्ने ? परम्परामा रुचि भए पो रङ्केमी देउताले सपनामा दर्शन दिन्छन् त !’

मह र मैनको भारी तयार भइसक्यो । ती भारी बोकेर घर फर्किनुअघि सबैजनालाई एकफेर जाँड बाँडिन्छ । उनीहरु प्रशन्न छन् । तर, कसैलाई थाहा छैन – यो उनीहरु जिन्दगीको अन्तिम मह शिकार पनि हुनसक्छ । अर्को बर्ष फेरि यो संयोग जुर्छ कि जुर्दैन, कसैलाई थाहा छैन ।

मौली जगबाटै जाँड खान्छन् । त्यहाँबाट हिँड्नुअघि एकपटक त्यो डरलाग्दो अक्करको भीरमा आँखा पु¥याउँछन् । र, काँधमा बाँसको लट्ठी बोकेर बिस्तारै घरको बाटो लाग्छन् । अरुहरु पनि उनको पछि–पछि हिँडछन् । मानौ, मौली एउटा रानो हो । र, उनका सहयोगीहरु कर्मी माहुरी ।

नेशनल जियोग्राफिक
जुलाई २०१७

ताजा समाचार

सम्बन्धित समाचार