Wednesday, October 2, 2024

काठमाडौं–रक्सौल रेलमार्गबारे नेपाल र भारतबीच एमअाेयू

काठमाडौं–नेपाल र भारतबीच काठमाडौं–वीरगञ्ज–रक्सौल विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययनसम्बन्धी समझदारीपत्र (एमअाेयू) मा हस्ताक्षर भएको छ।

नेपाल र भारतबीच रक्सौल(काठमाडौं विद्युतीय रेलमार्गको इञ्जिनियरिङ अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हाे।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ता लगत्तै उनीहरुको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।

योसँग अब काठमाडौं–वीरगञ्ज–रक्सौल विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन हुनेछ। एक सय १३ किलोमिटर लामो रेलमार्गका लागि प्रारम्भीक सम्भाव्यता अध्ययन भइसकेको छ।

गत चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भारतीय सहयोगमा काठमाडौं–रक्सौल रेलमार्ग बनाउने सहमति भएको थियो।

सर्भे र अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने तथा त्यसको कार्यान्वयन र मोडालिटीबारे दुई पक्षले अन्तिम रुप दिने छन्।

अबको एक वर्षभित्र सम्भाव्यता अध्ययन पूरा भएमा त्यसपछि डिपिआर निर्माण गरेर आगामी पाँच वर्षमा रेलमार्ग निर्माण सक्ने लक्ष्य लिइएको छ।

अहिले निर्माण भइरहेको जयनगर– जनकपुर रेलमार्गलाई काठमाडौंसम्म विस्तार गर्ने लक्ष्य लिइएको हो। ६९ किलोमिटर लामो जनकपुर–जयनरग रेल्वे र जोगबनी–विराटनगर रेल्वे सन् २०१८ भित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने सहमति यसअघि दुई प्रधानमन्त्रीबीच भएको थियो।

भारत र चीनको रेल : काम सँगसँगै, कुन पहिले आउला ? 

ताजा समाचार

सम्बन्धित समाचार