Friday, September 20, 2024

सूर्यतिर सोझिएको यो रकेट

काठमाडौं– नासाले ‘पार्कर सोलर प्रोब’ नामक रकेट सूर्यतर्फ प्रक्षेपण गरेको छ । नासाले हालसम्म आविस्कार गरेको रकेट सूर्यतर्फ प्रक्षेपण गरेको थिएन ।

तर, पछिल्लो समय ‘पार्कर सोलर प्रोब’ नामक रकेटले फ्लोरिडाको केप कर्निभलबाट उडान लिएको हो । यो रकेटको गति हालसम्मकै तीव्र रहेको मानिएको छ । यो रकेटको तथ्यांकले सूर्यको बारेमा धेरै तथ्यहरू खोल्ने अनुमान गरिएको छ ।

यो अन्तरिक्षयान विश्वमा पहिलो पटक कुनै व्यक्तिको नामबाट नामाकरण गरिएको यन्त्र पनि मानिन्छ । सन् १९५८ मा सौर्य हावा पत्ता लगाएका खगोलशास्त्री यूजिन पार्कर (९१) को नामबाट यस अन्तरिक्षयानको नाम राखिएको हो ।

यो अन्तरिक्षयानले उडान लिएको देखे निकै उत्साहित देखाउँदै पार्करले भने, ‘अब केही वर्षका लागि हामीले धेरै कुरा सिक्ने र जान्ने भयौँ ।’ उनी युनिभर्सिटी अफ शिकागोका प्राध्यापक पनि हुन् ।

प्रोब (यन्त्र) बोकेको ‘डेल्टा–फोर हेवी रकेट’ नामक अन्तरिक्षयान अमेरिकी समय अनुसार ०३ : ३१ (०७ : ३१ जीएमटी) मा प्रक्षेपण गरिएको थियो । यसको उडानको प्रयास यसअघि पनि गरिएको थियो। तर, अन्तिम मिनेटमा गरिएको संकेतका कारण नासाले ६५ मिनटको मौसमलाई छुटाइ दिएपछि उडानमा २४ घण्टाले ढिलाइ भएको थियो । यस पटक प्रक्षेपणको एक घण्टापछि नासाले अन्तरिक्षयानमा रहेको प्रोब रकेड सफल विस्थापन भएको खबर गरेको छ ।

यो अभियान किन आवश्यक छ ?
यस यन्त्रले पहिलो ६ हप्तासम्म बृहस्पती ग्रहसम्म पुगेर त्यसलाई पछ्याउँदै सूर्यलाई त्यसको अर्को ६ हप्तापछि भेट्ने छ।

अब सात वर्षभित्रमा पार्करले तारामण्डलमा २४ घुम्ती लगाएर भित्रको प्रभामण्डलको भौतिक विज्ञानको अध्ययन गर्ने छ । पृथ्वीको सतहमा भइरहेको गतिविधिलाई असर गर्ने प्रभामण्डल भएकाले यस विषयमा अध्ययन हुने भएको हो ।

यस रकेटले सूर्यको पातलो वायुमण्डलभित्र प्रवेश गरी सूर्यको सतहबाट ६ अर्ब १६ करोड किलोमिटर भित्रसम्म प्रवेश गर्नेछ।

‘मेरो अनुमान वास्तविकताबाट टाढा हुन सक्ला तर, सूर्य र पृथ्वीबीचको दूरी केवल एक मिटर भएको कल्पना गर्नुहोस्। पार्कर रकेट सूर्यको सतहबाट केवल ४ सेन्टिमिटरको दूरीमा हुन सक्छ,’ जोह्न होप्किन्सको व्यवहारिक भौतिक विज्ञान प्रयोगशालासँग सक्रिय, बेलायतमा जन्मिएकी परियोजना वैज्ञानिक डा. निक्की फोक्सले भनेकी छिन् ।

‘विश्वको सबैभन्दा तीब्र गतिमा चल्ने यन्त्र बनेको यसले ४ लाख ९० हजार किलोमिटरप्रति घण्टाको दरले सूर्य सतहमा चक्कर लगाउने छ । यो गतिमा हामी अमेरिकी शहर न्यूयोर्कबाट जापानको टोकियोसम्म एक मिनटमा पुग्न सक्छौं,’ उनले भनेकी छन् ।

(बीबीसीबाट भावनुवाद)

ताजा समाचार

सम्बन्धित समाचार