Thursday, September 19, 2024

अस्तव्यस्त सिसडोल ल्याण्डफिल साइट (फोटो / भिडियो)

काठमाडौँ– विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकास्थित सिसडोल अहिले अस्तव्यस्त छ।

तस्वीरहरू : अमिष रेग्मी

दुई वर्षका लागि भनेर फोहोर फाल्न थालिएको उक्त स्थानमा १३ वर्ष भइसक्दा पनि फोहोरको रास थप्ने क्रम रोकिएको छैन।

यसरी दुई वर्षका लागि बनाइएको अस्थायी ल्याण्डफिल साइटमा लामो समयसम्म फोहोर थुपार्दा अहिले उक्त स्थानले धान्नै नसक्ने स्थिति आइसकेको छ । फोहोरले भरिएको पहाडलाई त्यतिकै छोडिदिँदा वरपरको वातावरण दुर्गन्धित बनेको छ, जसको असर वरपरका मानवलाई परेको छ। फोहोर भरिएर थेग्न नै नसक्ने स्थितिमा पुगेको उक्त डाँडामा पहिरोको जोखिम उत्तिकै छ।

सुरुमा फोहोर विसर्जन गर्दा वातावरणलाई असर नपर्ने गरी गरिने माटोले छोप्ने औषधि आदिको प्रयोग गर्ने भनिए पनि त्यो हुन सकेको छैन। फोहोरलाई माथिबाट हल्का रुपमा माटोले छोपेर त्यतिकै छोडिएको छ । फोहोरको थुप्रोको भार थेग्न नसकी तलबाट भासिदै जाँदा समेत काठमाडौं महानगरको ध्यान त्यतातिर परेको छैन।

फोहोरलाई त्यतिकै अवस्थित तवरले छोपिदिँदा सिसडोलवासी विभिन्न रोगको सिकार बन्दै आइरहेका छन् । बर्खायाम सुरु भएसँगै टाइफाइट, झाडापखाला, एजीलगायतको संक्रमण बढेको सिसडोल स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट परशुराम अर्याल बताउँछन् । उनी राज्यजिम्मेवार नभइदिँदा सर्वसाधारणले दुःख पाएको बताउँछन्। ‘फोहोरलाई त्यतिकै अव्यवस्थिततवरले छोडेको छ। त्यसले गर्दा हामी स्थानीयवासीविभिन्न रोगको चपेटामा परेका छौँ,’ उनले भने ।

फोहोरले गर्दा ४ किलोमिटर टाढासम्म पनि बसिसाध्य नहुने स्थानीय हरिशरण घिमिरे बताउँछन्। ‘फोहोर अव्यवस्थिततवरले छोडिदिँदा विभिन्न रोगले समाउँछ, पशुपक्षींलाई पनि असर गरिरहेको छ’, उनले भने । फोहोरको डुंगुर भासिँदै जाँदा ल्याण्डफिल साइटको तल रहेको कोल्पु खोलाथुनिन सक्ने जोखिम बढेको उनको भनाई छ ।

सरकारले दुई वर्षको लागिभनेर अस्थायी ल्याण्डफिल साइट बनाएको सिसडोलमा १३ वर्षसम्मपनिफोहोर थुपारिँदै आइएको छ। यसरी क्षमताभन्दा बढी फोहोर कोचेर राख्दा स्थानीवासी आक्रोशित त बनेका छँदैछन् फोहोरको थुप्रो बगेर खोला थुनिने जोखिम पनि बनेको छ ।

महानगरले यसको विकल्पको रुपमा बञ्चरे डाँडालाई तोके पनि बञ्चरे डाँडामा अहिलेसम्म फोहोर व्यवस्थापन गर्न सकिने पूर्वाधार निर्माण हुन सकेको छैन । तस्वीरहरू : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार