Monday, October 28, 2024

उहिलेको रानीपोखरी, अहिलेको रानीपोखरी (भिडियो रिपोर्ट)

काठमाडौँ – यतिबेला रानीपोखरी पुनःनिर्माणको विषय निकै चर्चामा छ । काठमाडाैँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि पुनःनिर्माण थालनी गर्ने दाबी गरे पनि त्यसअनुसारको तयारी अगाडि बढेको छैन। त्यसैले नेपालको इतिहास बोकेको रानीपोखरी यतिबेला घाँसैघाँसले भरिएको छ ।

इश्वी सम्बत १६७० मा प्रताप मल्लले निर्माण गरेको यो पोखरी मल्ल वंशद्वारा निर्मित शानदार निर्माण मध्येको एक हो। आफ्नो छोरालाई हात्तिले मारेपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन र खुसी पार्नका लागि राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गर्न लगाएका थिए । उनले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलहरू गोसाइकुण्ड, मुक्तिनाथ, बद्रीनाथ, केदारनाथ लगायतबाट पवित्र जल ल्याएर उक्त पोखरीमा मिसाएका थिए ।

तर अहिले उक्त पोखरीमा पवित्र जल होइन, घाँस नै घाँस उम्रेको छ । भूकम्पपछि पुनःनिर्माण हुन नसक्दा रानीपोखरीले आफ्नो स्वरुप पोखरीबाट झाडीमा परिणत गरेको छ ।

यिनै विषयमा हाकाहार्कीकर्मी शालिक भट्टले तयार पारेको भिडियो रिपोर्ट

ताजा समाचार

सम्बन्धित समाचार