Monday, October 28, 2024

काठमाडौँका नदीहरूमा पानीको बहाव बढ्यो, किनाराका बस्ती जोखिममा (भिडियो )

काठमाडौँ – देशभर परेको भारी वर्षासँगै काठमाडौँका विभिन्न मुख्य तथा सहायक नदीहरूमा पानीको बहाव बढेको छ । खोलामा पानीको बहाव बढेसँगै खोलाले वरपरको फोहोरहरू बगाउन थालेको छ ।

घर छेउछाउको फोहोर खोलाले बगाएपछि आफ्नो टोल सफा भएको सर्वसाधारणको धारणा छ । थापाथलीको धोबिखोला किनारामा बस्ने कुमार तामाङ बाढी आएपछि फोहोर बगाएर लग्नाले सफा भएको बताउँछन् । पानीपर्दा हिलो भएपनि वातावरणीय हिसाबले भने राम्रो भएको उनको भनाई छ । ‘पहिला साह्रै नै फोहोर थियो, हिड्दा पनि नाकथुनेर हिड्नुपथ्र्यो तर अहिले पानीले सबै फाहोर बगाएर लग्यो अहिले अलि सफा भएको छ,’ उनले भने ।

नदीले छेउछाउको फोहोर बगाएपनि वर्षासँगै बढेको नदीको बहावले गर्दा खोला किनारामा रहेका सुकुम्बासी बस्ती र अन्य संरचनाहरू जोखिममा परेका छन् ।
कुनकुन नदीमा कस्तो छ पानीको बहाव हेर्नुहोस भिडियो :

ताजा समाचार

सम्बन्धित समाचार