Monday, October 28, 2024

राजधानीकै सडककाे यस्ताे दूराअवस्था, हेर्नुहाेस् भिडियाे रिपाेर्ट

काठमाडौँ– घाम लागे ‘धुलाम्मे’, पानी परे ‘हिलाम्मे’ काठमाडौंका सडकको विशेषता नै हो। मुलुकको राजधानी रहेको काठमाडौंका बासिन्दाले वर्षाेदेखि भोग्दै आएको यो नियति कायमै छ।

विभिन्न आयोजनाको नाममा सडक भत्काउने/बनाउने गर्नाले सर्वसाधारणको दिनचर्यामा असर परिरहेको छ । यस्तै असर खेपिरहेका छन्, तारकेश्वर नगरबासी। काठमाडौँको तारकेश्वर नगरपालिकाको सडकका हालत पनि अहिले यस्तै नै छन्। पानी परे ‘हिलाम्मे’ अनि घाम लागे ‘धुलाम्मे’ ।

तारकेश्वर नगरपालिका प्रवेश गर्नासाथ सडकमा भएको हिलोले आवतजावत गर्न निकै नै कठिन हुने गरेको छ । एक दिन पानी पर्यो भने हप्तौँसम्म हिलोले बाटो हिँडिसाध्य हुँदैन्। नेपालटारबाट डाडाँगाउँ जाने सडक विस्तार गर्न भन्दै सडक खनिए पनि त्यसलाई व्यवस्थित नगरी त्यतिकै छोड्नाले सर्वसाधारणलाई हिँडडुल गर्न निकै सास्ती भएको छ।

तारकेश्वरकै शेषमतिबाट जरंखु पुग्ने सडकको हालत पनि त्यस्तै छ । यो सडकलाई पनि विस्तार गने भनिएको छ । तर, सडक विस्तारले सर्वसाधारणलाई सहज होइन सास्ती बनाएको छ ।

हिलो र धुलोले गर्दा बाटो हिँड्न धेरै नै गाह्रो बनाएको पैदलयात्रुको गुनासो छ । सोहीबाटोमा पैदलयात्रा गरिरहेका गोकर्ण न्यौपाने धुलो र धुँवाले गर्दा जीउ चिलाउने समस्या थपिदिएको बताउँछन् । पानी पर्यो भने हिलो अनि घाम लाग्नासाथ धुलो उड्न थाल्ने सडकले गर्दा कति बेला के हुन्छ भन्न नसकिने उनी बताउँछन् । ‘धुलो धुँवाले गर्दा एकदमै गाह्रो बनाइरहेको छ। पानी पर्याे भने हिलो हुन्छ अनि एकैछिनमा धुलो हुन्छ। धुलोले गर्दा विभिन्न एलर्जी भइरहेको छ। हिलोमा पनि हिँड्न त्यस्तै गाह्रो छ। अलि अगाडि हिलो थियो, अहिले घाम लाग्यो धुलाम्मे भइसक्यो । मुख नछोपी हिँड्यो भने त निकै नै गाह्रो हुन्छ,’ उनले भने ।

यसरी धुलोको मारमा पैदलयात्रु मात्र नभइ मोटरसाइकल चालक पनि छन् । सम्बन्धित निकायले ‘कानमा तेल’ हालेर बस्दा यस्तो समस्या आएको बताउँछन् । सोही बाटोमा दैनिक मोटरसाइकलबाट आवतजावत गर्ने राजिव घले । ‘हिलो र धुलोले गर्दा बाइक चलाउन पनि गाह्रो हुन्छ । बिहान बेलुकी यही बाटो ओहोरदोहोर गर्नुपर्छ साह्रै गाह्रो छ । लुगा त एकदिनमै ‘ध्वंश’ हुन्छ। खासगरी मेरो गुनासो यो टीपर चालकसँग छ, उनीहरूले मनलाग्दी गरेर टीपर चलाउँदा धुलो उड्ने बाटो बिग्रने हुन्छ।

‘अनि सरकारले पनि केही गरेको छैन्, नगरपालिका त्यतिकै हेरेर बस्छ केही गर्दैन। बाटो हिलो छ त्यसमाथि पनि अहिले (बर्खाको बेला) माटो ल्याएर हालिदिएको छ। त्यसले गर्दा बाइक दुर्घटना हुन्छ कि भन्ने डर मान्दै चलाउनु परिरहेको छ,’ उनले भने।

शान्तिटोलका फलफूल व्यवसायी अशोक भट्ट धुलो र हिलोको प्रत्यक्ष असर बाटोमा हिँड्नेलाई मात्र नभइ बाटो वरपर पसल राखेर बस्ने व्यवसायीहरूलाई पनि त्यतिकै परेको छ । धुलोले गर्दा पसलको सामान नै बिग्रने बताउँछन्। ‘यो क्षेत्रमा भइरहेको धुलो धुँवाले गर्दा हाम्रो स्वास्थ्यमा धेरै नै असर पारिरहेको छ। घाम लागे धुलो उडेर सबै पसलभित्र छिर्छ, यसले सबै सामान बिगारिरहेको छ। अनि पानी पर्यो भने पनि हिलो हुने र गाडी जाम हुने गर्छ यसले गर्दा हामीलाई निकै नै सास्ती भइरहेको छ,’ उनले भने ।

 पैदलयात्रु विनोद केसी धुलो र हिलोले गर्दा मानिसकले ज्यानै गुमाउन पर्ने स्थिति पनि आइसकेको बताउँछन्। ‘सडक निर्माणको नाममा त्यतिकै खाल्डाखुल्डी बनाउँदा पोहोरसाल सामाखुसीमा एक बालिकाको झण्डै ज्यान गएको थियो। यस्तो सबै ठाउँमा भइरहेको छ,’ उनले भने । सडक विस्तार गर्दा चाँडो गर्नुर्ने र असारमासमा खाल्डाखुल्डी पार्ने काम बन्द गर्नुपर्ने उनको धारणा छ।

यसरी दैनिक रुपमा जनताले सास्ती खेप्दै आएपनि नगरपालिका भने काम भइरहेकोले सामान्य समस्या भएको भनेर पन्छिन खोजेजस्तो देखिन्छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा निर्माण कार्य भइरहेकाले आवतजावतमा केही समस्या परेको स्वीकार्दै अझै केही समय कुर्न सर्वसाधारणसँग आग्रह गर्छन ।

‘हामीले पनि बुझेका छौँ, बाटो निर्माण गर्दा सर्वसाधारणलाई केही असहज भएको छ, तर काम छिटोभन्दा छिटो भइरहेको छ अब केही समय कुरिदिनुभयो भने त्यसपछि कुनै समस्या रहँदैन,’ उनले भने । मेयर बाेहरा खानेपानीको पाइपलाइनको कारणले पनि सडकमा विभिन्नसमयमा समस्या निम्त्याइरहेको बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार