Monday, September 23, 2024

काठमाडौंमै कुद्छन् प्रदूषणयुक्त गाडी (फोटो फिचर)

काठमाडौं– यातायात व्यवस्था विभागले दरबारमार्ग, सिंहदरबारको आसपास, ठमेल, न्यूरोड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका उपत्यकाकाका मुख्यस्थानमा गुड्ने सवारीसाधनमा हरियो स्टिकर अनिवार्य गरेको छ । जहाँ गुड्ने सवारीसाधनमा हरियो स्टिकर अनिवार्य गरेको छ । तर, यातायात व्यवस्था विभागले प्रदूषण जाँच गरेर हरियो ‘स्टिकर’ दिएका सवारी नै छड्के जाँचको क्रममा प्रदूषण जाँचमा ‘फेल’ हुने गरेका छन् ।

प्रधानमन्त्री कार्यालय, वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागको संयुक्त टोलीले १३, १४, १५ र १८ पुसमा भद्रकाली, कमलपोखरी, दरबारमार्ग, नक्साललगायतका स्थानमा सवारीसाधनको छड्के प्रदूषण जाँच गरेको थियो । उक्त क्रममा ५० प्रतिशत सवारीसाधन प्रदूषण फेल भएका थिए । तर, सरकारले प्रदूषण फेल भएका गाडीलाई २ सयदेखि १ हजार रुपैयाँ जरिवाना गरेर छोड्ने गरेको छ ।

डिजेल र पेट्रोलका सवारी साधन जाँच्नका लागि छुट्टाछुट्टै मेसिनहरू प्रयोग गर्नुपर्छ । पेट्रोलबाट चल्ने सवारीसाधनले फ्याँक्ने धुँवाको मात्रा ग्याँस एनालाइजरमार्फत् नापिन्छ, भने डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुँवा जाँच ‘डिजेल स्मोक मिटर’ मार्फत् गरिन्छ ।

सवारीसाधनमा धुँवाको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइटको मात्रा तीन प्रतिशत हुनुपर्ने तथा धुँवाको मात्रा २ दशमलब ४४ एचएस्यु हुनुपर्ने मापदण्ड छ ।

गत जेठमा मात्र गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषित गाडी प्रधानमन्त्रीकै भएपनि नछोड्ने दाबी गरेका थिए। तर, अहिले पनि काठमाडौंका मुख्य सडकमै प्रदूषण मापदण्ड पूरा नगरेका गाडी कुदिरहेका हुन्छन् ।

ताजा समाचार

सम्बन्धित समाचार