Saturday, October 26, 2024

होमस्टेमा न्यानो स्वागत (फोटो फिचर)

ग्रामिण पर्यटन अभिन्न अंग बनेका छन– पहाड र तराईका होमस्टेहरु । सहरी जिवन र दैनिकीबाट वाक्क हुनुहुन्छ भने कहिलेकाही ग्रामिण पर्यटनको आनन्द लिन निस्किदा हुन्छ । सहरका रेण्टुरेन्ट र त्यो भन्दा अलि परका रिसोर्ट भन्दा धेरै ज्ञानगुनका कुरा सिक्ने र आफ्ना बालबालिकालाई सिकाउने हो भने आफ्ना सन्तान र परिवारलाई होमस्टेमा लैजाने गर्नुहोस । ग्रामिण परिवेश, कला संस्कृति र परम्परागत ज्ञानहरुका भण्डार हुन यस्ता पर्यटन क्षेत्रहरु । यहाँ पुग्ने जो कोहीले पनि स्थानीय समुदायको रहनसहन, संस्कृति, परम्परा र प्रकृतिको आनन्द लिन सक्छ ।

फरक फरक भुगोल, जातजाती र समुदायले संचालन गर्दै आएका होमस्टेहरुमा त्यही अनुसारको फरकफरक संस्कृति र परम्पराबारे जानकारी लिन पाइन्छ । स्थानीय उत्पादनसहित स्वागतका लागि तयार स्थानीय समुदायलाई उत्प्रेरित गर्ने हो र उनीहरुको जिविकोपार्जनमा सहयोग पु¥याउने हो भने यस्ता क्षेत्रको भ्रमण गर्न उपयुक्त देखिन्छ ।

बर्दियाको डल्ला र गोविन्दपुर होमस्टेहरु संचालन गरिरहेका स्थानिय थारु समुदायको न्यानो स्वागत र अभिवादनलाई तस्वीरमा पस्किने प्रयास गरेका छौं । स्थानीय स्रोत र साधनबाट बनाइएका ससाना घर, आफ्नै बारीमा फलाइएका सागसब्जी र परिकारहरु चाख्नुको मजानै बेग्लै । त्यसैमा गँगटो र माछाका परिवार पनि । त्यसैले उनीहरुले नै संरक्षण गरेका वन, जंगल र तीनमा पाइने वन्यजन्तुहरुको अवलोकन पनि कम रोचक हुदैन । अझ गोविन्दपुर होमस्टे जुन पूर्वपश्चिम राजमार्गको बर्दिया भुरिगाँउबाट निकै नजिकै पर्छ । डल्ला होसमस्टे पनि बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्धार ठाकुरद्धाराबाट नजिकै छ । यी दुवै होमस्टेमा थारु समुदायले परापूर्व कालदेखि प्रयोग गर्दै आएका सामग्रीहरु हेर्न पाइन्छ । उनीहरुका परम्परागत ज्ञान र सिपलाई नजिकबाट नियाल्ने मौका पनि पाइन्छ ।

त्यसैले तपाई आफ्ना बालबालिका र परिवारलाई अझ फराकिलो दायराबाट नेपाल नियाल्ने मौका दिनुहुन्छ भने होमस्टेहरुको भ्रमण गर्न सक्नुहुन्छ । उनीहरुको न्यानो स्वागत र अभिवादनले तपाईलाई चंकित बनाउनेछ जसलाई हामीले तस्वीरमा उतार्ने प्रयास गरेका छौ ।
   

ताजा समाचार

सम्बन्धित समाचार