Saturday, September 21, 2024

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम (वन तथा वातावरणको पूर्णपाठ) : वातावरणमैत्री हरित अर्थतन्त्र, वन पैदावारको उत्पादन वृद्धि गरिने

काठमाडौं–कर्णाली प्रदेशले वैज्ञानिक वन व्यवस्थापनद्धारा वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन वृद्धि गरिने लक्ष्य लिएको छ । शनिवार बसेको कर्णाली प्रदेशको संसद बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनद्धारा वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन वृद्धि गरिने लक्ष्य लिइएको हो ।

नीति तथा कार्यक्रमको वन तथा वातावरण शिर्षकमा वन, वनस्पति र जडिवुटीको विषयमा आधारभूत विस्तृत अध्ययन अनुसन्धान गरी संरक्षण एवं दिगो उपयोगको लागि रणनीति तयार गरिने पनि उल्लेख छ । वन तथा वातावरणको क्षेत्रमा आएका नीति तथा कार्यक्रमहरु यस प्रकार छन् :
–वैज्ञानिक वन व्यवस्थापनद्धारा वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन वृद्धि गरिने
–सामुदायिक, कबुलियती, साझेदारी, संरक्षित, धार्मिक लगायतका समुदायद्वारा व्यवस्थित वनलाई पारिस्थितिकीय, आर्थिक र सामाजिक रुपले सक्षम बनाउँदै लाभको न्यायोचित बाँडफाँड गरिने
–निजी तथा सहकारी क्षेत्रलाई वन विकास तथा विस्तारमा संलग्न गराउँदै वनजन्य उद्यमको प्रवद्र्र्धन, उत्पादनको विविधीकरण र बजारीकरणबाट मूल्य अभिवृद्धि र हरित रोजगारी सिर्जना गरिने
–जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण तथा अनुकूलनका उपाय अवलम्वन गरि हिमाली वुट्यान र वन जोगाउन “हिमाली वन संरक्षण” अभियान संचालन गरिने
–वन श्रोतलाई अत्याधिक खाना पकाउने इन्धन दाउराको रुपमा प्रयोग गर्ने दरलाई न्युनिकरण गर्न आधुनिक वैकल्पिक प्रविधिको प्रयोग गर्न प्रोत्साहित गरिने छ। चुरे क्षेत्रको संरक्षरणद्धारा पूर्नर्ज्लिकरण गर्ने व्यवस्था मिलाइने
–खाली रहेको वाँझो वनक्षेत्रमा जडिवुटि तथा उत्पादनमुलक बृक्षहरु रोपी “वातावरणमैत्री हरित अर्थतन्त्र, समृद्धिको मुलमन्त्र” भन्ने नारालाई साकार पार्न बहुसरोकारवालाको साझेदारी तथा सहकार्यमा कार्यक्रमहरु संचालन गरिने
–सबै स्थानीय तहमा फलफुल तथा क्षेत्र विशेष उपयोगी जातका नर्सरीहहरुको सञ्चालन र व्यवस्थापन गर्नुका साथै एक व्यक्ति दश विरुवा वृक्षारोपण गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिने
–यस प्रदेशका नाङ्गा डाँडामा वृक्षारोपण कार्यक्रमलाई ठाउँ विशेषताअनुसार उत्पादनमुलक फलफुल तथा अन्य विरुवा उत्पादन गर्न र वृक्षरोपण गर्न प्रोत्साहित गरिने
–हिमाली वन्यजन्तुको संरक्षण गर्दै अन्तराष्ट्रिय स्तरमा कर्णालीको वन्यजन्तुको प्रचार प्रसार गर्न प्रदेश राजधानी सुर्खेत र हिमाली क्षेत्रमा समेत चिडियाखाना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने

–वन, वनस्पति र जडिवुटीको विषयमा आधारभूत विस्तृत अध्ययन अनुसन्धान गरी संरक्षण एवं दिगो उपयोगको लागि रणनीति तयार गरिने
–गैर काष्ठ वन पैदावरलाई प्रांगारिक प्रमाणिकरणको प्रक्रियाको लागि आवश्यक पहल अगाडि बढाइने
–कर्णाली प्रदेशका दलित तथा अति विपन्न घर परिवारलाई लक्षित गरी जडिबुटी, नर्सरी तथा वृक्षारोषण कार्यक्रमबाट नगदी बालीको रुपमा लाभान्वित गराउने कार्यक्रम सञ्चालनमा ल्याइने

ताजा समाचार

सम्बन्धित समाचार