Friday, October 25, 2024

झाडु बोकेर सभामुख सडकमा


काठमाडौं– सभामुख कृष्णबहादुर महराले स्वच्छ वातावरण महाअभियान २०७५ को शुभारम्भ गरेका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबारदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख महराले उद्घाटन गरेका हुन् । काठमाडौंस्थित शंखपार्कको सडकमा झाडु लगाउँदै सभामुख महराले स्वच्छ वातावरण महाअभियानको शुभारम्भ गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफैबाट सरसफाइको शुरुवात गर्नुपर्ने बताए ।

‘सरसफाइ आफूबाटै शुरु गरौं, एक–एक इकाईबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ, उनले भने, ‘सबै सरसफाइमा लागेपछि गाउँ, सहर र देश सबैतिर सफा हुन्छ र स्वच्छ वातावरण निर्माणको हाम्रो महाअभियान सफल बन्छ ।’

नीति, योजना निर्माण गर्ने तर कार्यान्वयन गर्ने दायित्वबोधबाट पन्छिने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने भन्दै सभामुख महराले योजना जस्तै कार्यान्वयनमा लागेर अभियान सफल बनाउन आयोजकलाई आग्रह गरे ।

सरसफाइ कार्यक्रम अन्तर्गत शंखपार्कबाट सडक छेउछाऊको फोहर उठाउँदै शुरु भएको सरसफाइ कार्यक्रम विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुनः शंखपार्कमा पुगेर समापन गरिएको थियो । सरसफाइ कार्यक्रममा सभामुख महराका साथै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी र उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अब हरेक स्थानीय तहमा कम्तिमा १० प्रतिशत हरियाली

ताजा समाचार

सम्बन्धित समाचार