Friday, September 20, 2024

आजको छापामा वातावरण : खेतीजस्तै वन विकास, ढुंगा, गिट्टीमा अधिकार कसको ?

काठमाडौं – आजका पत्रपत्रिकामा वातावरण सम्बन्धी विभिन्न समाचार प्रकाशित भएका छन् ।

आजको अन्नपूर्ण पोस्टमा ‘अझै आएन प्रदूषण जाँच्ने मेसिन’ शीर्षकमा छेटु शेर्पाले लेखेको समाचारमा प्रकाशित भएको छ ।

वायु प्रदूषण बढाउन सबैभन्दा धेरै भूमिका सवारीसाधनको ३८ प्रतिशत रहेको अध्ययनले देखाएपछि सरकारले प्रदूषण नियन्त्रण गर्न मेसिन खरिदका लागि विभागलाई एक वर्षअघि जिम्मा दिएको थियो ।

अन्नपूर्ण पोस्टमै ‘खेतीजस्तै वन विकास’ शीर्षकमा समाचार छापिएको छ ।

ललितपुर महालक्ष्मी नगरपालिकाको इमाडोलमा सञ्चालित इँटा भट्टाबाट निस्एिको धुँवाको मुस्लो आएको फोटोलाई अन्नपूर्ण पोस्टले तेस्रो पृष्ठमा छापेको छ । यो फोटो अशोक दुलालले खिचेका हुन् । सरकारले भूकम्पपछि पुनःनिर्माणमा आवश्यक इँटा उत्पादन गर्न काठमाडौं उपत्यकामा ५ वर्षका लागि भट्टा सञ्चालन अनुमति दिएको छ ।
कान्तिपुर दैनिकमा ‘ढुंगा, गिट्टीमा अधिकार कसको ?’ शीर्षकको समाचार छापिएको छ ।

चुरेको फेद र नदीबाट दोहन गरिने ढुंगा, गिट्टी र बालुवाको उचित व्यवस्थापन कसले गर्ने ? प्रदेश वा स्थानीय सरकार । कानुनी अस्पष्टताले भोलिका दिनमा यस विषयले दुवै सरकारबीच अन्तरद्वन्द्व निम्तने सम्भावना देखिन्छ ।

संविधानले अधिकार नदिए पनि जिल्ला समन्वय समितिहरूले पूर्ववत् जिल्ला विकास समितिले जस्तै ढुंगा, गिट्टी उत्खननको अनुमति दिने र राजस्व संकलनको काम गरिरहेका छन् । उक्त काममा प्रदेश र स्थानीय तह दुवैको नजर छ ।
वन तथा वातावरण मन्त्रालयले अनियमिततामा मुछिएका २ जिल्ला वन अधिकृतहरु भैरवप्रसाद घिमिरे र रामविचारी ठाकुरलाई फिर्ता बोलाइएको खबर पनि कान्तिपुरमै छापिएको छ ।

आजको कान्तिपुरमा धौलागिरी आधार शिविरमा सफाइ सुरु गरिएको म्याग्दीको खबर र कोसी टप्पु वन्यजन्तु आरक्षमा विश्वकै दुर्लभ मानिने बबुलिस जातको जंगली भैँसी अर्थात अर्ना सम्बन्धी समाचार पनि प्रकाशित भएको छ ।

त्यस्तै नागरिक दैनिकले ‘तटबन्ध निर्माणमा स्थानीय तहको भर’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । गत वर्ष साउनमा आएको भीषण बाढीले बागमती र लालबकैया नदीको तटबन्ध दुई दर्जनभन्दा बढी ठाउँमा भत्कायो । फेरि बाढी आउने समय आउन लाग्दा पनि भत्किएको तटबन्ध बनाउन सरकारले चासो देखाएको छैन।

सरकारको लापरबाहीका कारण स्थानीय तहले आफ्नै बजेटबाट तटबन्ध मर्मतसम्भार सुरु गरेको छ । गाउँ नै बगाउने खतरा रहेकाले स्थानीय तहले गाउँको सानोतिनो विकास योजनाको रकम कटौती गरेर उक्त तटबन्ध निर्माण गर्न लागेको हो ।

नागरिकको पृष्ठ ८ मा ‘काठमाडौं पूर्वोत्तर साँखुमा रोपाइँ गर्दै महिला’ दिनेश गोलेले खिचेको फोटो छापिएको छ । त्यस्तै सोही पृष्ठमा ‘एकै दिन थप ४१ आरोही सगरमाथा शिखरमा’ शीर्षकको समाचार पनि प्रकाशित भएको छ ।

अभियानको पृष्ठ १२ मा ४२ सय हेक्टरमा सिँचाई सुविधा,बाढीको जोखिममा बस्ती बनाउँदै स्थानीय निकाय र एक वडा एक जलाशय निर्माण योजना शीर्षकमा समाचार छापिएको छ ।

गोरखापत्रको पृष्ठ ११ मा ‘गर्मीले बजार सुनसान,बिरामी बढे’ शीर्षकमा समाचार छापिएको छ ।

गोरखापत्र र राजधानीमा ‘रेलमार्गको अध्ययन सुरु ’शीर्षकमा समाचार प्रकाशित भएकोे छ ।

त्यसैगरी राजधानीको पृष्ठ ५ मा ‘यार्सा संकलकहरु अन्योलमा’शीर्षकमा डोल्पाको समाचार प्रकाशित भएको छ । राजधानीमै गैंडाकोटमा सिँचाईका लागि पाँचवटा बोरिङ र सालकको गणना सम्पन्न शीर्षकमा समाचार प्रकाशित भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार