Tuesday, April 22, 2025

वन्यजन्तु मारेको अभियोगमा ११४ जनाविरुद्ध मुद्दा दायर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विभिन्न समयमा बरामद गरेको वन्यजन्तुको अखेटोपहार।

काठमाडौं– वन्यजन्तु मारेको अभियोगमा १ सय १४ जनाविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर भएको छ।

गत आर्थिक वर्षमा राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रका तर्फबाट ती संख्यामा मुद्दा दायर भएको राष्ट्रिय निकुञ्च तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ मा गैरकानुनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तृरी मृग, ध्वाँसे चितुवा वा गौंरीलाई मार्ने, घाइते बनाउने, खरिद गर्ने लगायतका कार्य गरेमा ५० हजारदेखि १ लाख रुपैंयासम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। विभागले वन्यजन्तु मार्नेलाई हदैसम्मको कार्वाहीको माग गरेको छ।

सरकारी अधिकारीहरूका अनुसार विभिन्न प्रविधिको प्रयोग गरी वन्यजन्तु मार्नेहरूको संख्या वर्षेनी बढिरहेको छ। सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जले २५ मुद्दा दायर गरेको छ।

कुन निकुञ्जले कतिवटा मुद्दा दायर गरे?
–बर्दिया राष्ट्रिय निकुञ्जः २५

–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जः १९

–चितवन राष्ट्रिय निकुञ्जः १९

–नार्गाजुन राष्ट्रिय निकुञ्जः १५

–अन्नपूर्ण संरक्षण क्षेत्रः १२

–पर्सा राष्ट्रिय निुकञ्जः ७

–सगरमाथा राष्ट्रिय निकुञ्जः ४

–बाँके राष्ट्रिय निकुञ्जः ३

–शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जः ३

–लामटाङ्ग राष्ट्रिय निकुञ्ज ः ३

–लामटाङ्ग राष्ट्रिय निकुञ्जः २

–रारा राष्ट्रिय निकुञ्ज: १

ताजा समाचार

सम्बन्धित समाचार