Saturday, October 26, 2024

वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयनका अनियमिता र विकृति तत्काल नियन्त्रण गरी तृटिहरु सच्याउ : नेफेज

काठमाडौ— नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयनमा भइरहेका अनियमिता र विकृतिहरु तत्काल नियन्त्रण गरी कार्यान्वयनमा देखिएका प्रक्रियागत तृटिहरुलाई सच्याउन संसदिय समितिलाई सुझाव दिएको छ ।

समूहले भदौ २८ गते संघिय संसदको कृषि सहरकारी तथा प्राकृतिक समिति समक्ष आफ्नो आधिकारीक धारणा राख्दै १२ बुँदे सुझाव दिएको हो ।

समूहले वैज्ञानिक वन व्यवस्थापन पद्धती आफैमा खराब नभएको र यसको कार्यान्वयनमा सहभागी निकाय र त्यसमा संलग्न केही व्यक्तिहरुको नियतले गर्दा यो पद्धती कार्यान्वयनमा समस्या आएको ठहर गरेको छ ।

समूहले कुनैपनि व्यवस्थापन पद्धती वा प्रणाली कार्यान्वयन गर्दा सुरुमा समस्या देखिनु स्वभाविक भएपनि पनि त्यस्ता समस्याहरु क्रमिक रुपमा समाधान गर्दै जानुपर्ने बताएको छ । यसको कार्यान्वयनमा भएका अनियमितता र त्यसमा संलग्न जोकोहीलाई तत्काल कारवाही गर्न पनि आग्रह गरेको छ ।

वैज्ञानिक वन व्यवस्थापनका सम्बन्धमा नेपाल वातावरण पत्रकार समूहले व्यक्त गरेको आधिकारीक धारणाको पूर्ण विवरण (तल हेर्नुहोस):

ताजा समाचार

सम्बन्धित समाचार