Saturday, October 26, 2024

सफा हुदैछ राजमार्ग

लाहान— कोभिड १९ बाट जोगिन चैत ११ गतेदेखि शुरु गरिएको लकडाउन र गाउँ तथा नगरपालिकाहरुले लगाएको निशेषाज्ञाले राजमार्ग सफा देखिएको छ । सार्वजनिक सवारीसाधन नचल्दा राजमार्गमा प्लास्टिकका बोतलहरु देखिदैनन ।

लकडाउन र निशेषाज्ञामा समेत केही समयका लागि पसलहरु खुल्ला गर्ने गरिएपछि राजमार्गमा रहेका बर्दिवास र लहानसहितका बजारहरुमा फोहर ब्यबस्थापन समस्याकै रुपमा रह्यो । सरसफाई कर्मचारीमा रहेको कोरोनाको डरत्रास तथा स्थानीयको अवरोधले गर्दा यी बजारमा प्लास्टिकजन्य फोहरहरु थुप्रिएका थिए ।

सरसफाई कार्यक्रमका लागि नगरपालिकाहरुले योजना ल्याएको भएपनि कोभिडका कारण कार्यान्वयन चुनौतीपूर्ण रह्यो । दुई साता अगाडि मात्रै लहानमा स्थानीयको अवरोधका कारण थुप्रिएको फोहरको व्यवस्थापन सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको अग्रसरतामा भएको छ ।

लहान नगरपालिकाले समेत फोहोर व्यवस्थापनबारे आफ्नो फेसबुकमा जानकारी मुलक सूचना सम्प्रेषण गरेको छ । बर्दिवास र लहान नगरपालिकाले राजमार्गको शहरी क्षेत्रमा शौचालय निर्माणको योजना अगाडि ल्याएपनि कोभिडका कारण कार्यान्वयन गर्न नसकेको बताएएको छ ।

फोहोर ब्यबस्थापनकै लागि धनुषा ट्राफिक प्रहरीको सक्रियतामा लालगढमा सार्वजनिक तथा नीजि सवारी साधनका यात्रुहरुको लागि प्रदेश नं.२ स्तरीय रिफ्रेस सेन्टर संचालनमा समेत ल्याइसकिएको छ । यस रिफ्रेस सेन्टरका कारण समेत राजमार्ग तथा छेउछाउमा फोहर तथा प्लास्टिक बोतल फाल्नेहरुको संख्यामा कमी मात्र नभई जथाभावी दिसापिसाव गर्नेको संख्यामा कमी आएको छ । रिफ्रेस सेन्टरका लागि निशुल्क सार्वजनिक शौचालयको समेत ब्यबस्था गरिएको छ ।

असोज १ गतेदेखि सार्वजनिक सवारी साधन राजमार्गमा गुड्ने चर्चासँगै सरसफाई अभियानकर्मीहरुले हरेक गाडीमा डस्टबिन अनिवार्य हुनुपर्ने माग गरेका छन् । लकडाउनको अवधिमा युवाहरुले राजमार्ग केन्द्रित सरसफाई अभियानहरु समेत संचालन गरेको लहानका रामसेवक महराले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार