Sunday, October 27, 2024

तीन बर्ष अघि बाढीले बगाएको गैंडाको उद्दार

काठमाडौ, साउन २१ (हाकाहाकी)– तीन वर्षअघि बाढीले बगाएर भारत पु¥याएको एउटा गैँडाको उद्धार गरिएको छ ।

नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीबाट गैँडालाई उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताउनु भयो ।

उहाँले हिजो दिउँसो तीन बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको जानकार िदिनु भयो । उहाँका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै थपलिया तालको छेउमा गैंडालाई छाडिएको हो ।

अन्दाजी १२ वर्षको पोथी गैँडालाई तीनवटा हात्ती, २५ प्राविधिक कर्मचारीको सहयोगमा उद्धार गरी ल्याइएको रुपाखेतीले जानकारी दिनुभयो विसं २०७४ साउन २७ गते आएको बाढीले राप्ती वा नारायणी नदीले बगाएर गैँडालाई भारतको बाल्मिकी टाइगर रिजर्भ पु(याएको थियो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार बाढीपछि उद्धार गरिएको यो ११औँ गैँडा हो । बाढीपछि भारततर्फको भूमिबाट नौवटा र नेपालतर्फको भूमिबाट योसहित दुई गैँडा उद्धार गरिएको उप्रेतीले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार