Saturday, November 23, 2024

पत्रपत्रिकामा आज : निकुञ्जको वार्डेन बनाउन दाहालको दबाब

काठमाडौं –आजका दैनिक पत्रपत्रिकामा वनजंगल भित्रको सुशासन , निकुञ्जमा आफू अनुकूल मान्छे राख्न दबाब र मुस्ताङमा पाइने भोटे पीपलको उपयोगिताका लगायतका विषयका समाचार प्रकाशित छन् ।

‘मुस्ताङको हीरा भोटे पीपल’ शिर्षकको उपल्लो मुस्ताङको खबर अन्नपूर्णमा छेटु शेर्पाले लेखेका छन् । हरियालीबिनाको उजाड मरुभूमिले ढाकेको मुस्ताङमा भोटे पीपल हीराजस्तै बहुमूल्य बनेको छ । उपल्लो मुस्ताङमा रूख र हरियालीका नाममा भोटे पीपल मात्र पाइने भएकाले यसको महत्वबढी भएको हो ।

दाउरा, काठ र चौपायाका लागि घाँस दिनसमेत भोटे पीपल राम्रो विकल्प हो । उजाड भूमिलाई हरियाली बनाउन स्थानीयले समेत पीपल रोप्न थालेपछि वनक्षेत्र बढेको छ । सात हजार उचाइ क्षेत्रसम्म ओगटेको मुस्ताङलाई हरियालीयुक्त बनाउन राज्यले प्रभावकारी पहल गर्न सकेको छैन् । यहाँ सिँचाइ सम्भव नहँुदा वृक्षरोपण पनि सम्भव नहुने भएकाले वनक्षेत्र बढाउन समस्या भएको जिल्ला वन कार्यालयको भनाइ छ। यहाँको अधिकांश वनक्षेत्र तल्लो मुस्ताङमा सीमित छ ।

अन्नपूर्ण पोष्टमा सर्लाहीको हरिपुर–१ स्थीतनगर साझेदारी वनमा सालका रुख काटिन थालेपछि स्थानीय आक्रोशित भएको् खबर त्यहाँ सुनिल ठाकुरले राजधानीका लागी पठाएको खबरमा उल्लेख छ । घरैपिच्छ धारा भएको लमजुङको खबर र भूकम्पपिडितको बालुवामा ठेकेदारको रजाइँ शिर्षकको खबर पनि अन्नपूर्ण पोष्टमै छ ।

जाजरकोटको नलगाडका वासिन्दा वर्षौँदेखि दूषित पानी पिउँदै गरेको समाचार अन्नपूर्णमा राजेन्द्र कार्की लेख्छन् । ‘कथा फलाम खानीको’ शिर्षकको खबर बझाङबाट कान्तिपुर दैनिकमा बसन्तप्रताप सिंहले लेखेका छन् । यो खबरमा तल्कोट गाँउपालिकाको बयालधाप डाँडामा रहेको फलामखानी र फलाम प्रशोधन गर्ने ८१ वर्षीय थोल्या कामीको अनुभवलाई उल्लेख गरिएको छ ।

नेपालमा रहेका १२ वटा राष्ट्रिय निकुञ्जमध्ये चितवन राष्ट्रिय निकुञ्ज आम्दानी र पर्यटक बढि आगमन हुने भएकाले यसमा राजनीतिक दलका सम्मको चासो बढि हुने गरेको छ । यस्तै चासो माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका भाई नारायण दाहालमा रहेको छ । दाहालले आफूअनुकूल हुने गरी निकुञ्जको चिफ वार्डेन पठाउन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाईताकेता गरेको खबर अब्दुल्लाह मियाँले लेखेका छन् । यसैगरी फौजीकीराको बिगबिगी भएको गाईघाटको खबर, हावाहुरीले कृषि क्षेत्रमा ठूलो क्षति लगायतका समाचार छन् । यस्तै धादिङको मलेखु स्थित त्रिशूली नदिमा ६० केजीको माछा बल्झिमा आएको समाचार पनि यही प्रकाशित छ ।

छिटो बढ्ने भएकाले १० वर्षमा काटिसक्नुपर्ने उनले बताए। त्यसपछि पनि काटेको स्थानमा पलाउने गर्छ र त्यो पनि सात वर्षमा काट्ने मिल्छ। चार हजार पाँच सय मिटरसम्ममा हुने भोटे पीपल माथिल्लो मुस्ताङका लागि एक मात्र वन पैदावारको विकल्प रहेकोे उनको भनाइ छ। पीपल आयस्रोतको मुख्य माध्यम हो, सात हजार क्युफिटसम्ममा खरिदबिक्री हुने पीपलले मुस्ताङवासीको जीवन धानेको छ ।

काठ आयात रोक्न फर्निचर उद्योगलाई प्रोत्साहन दिइने शिर्षकमा प्रकाश् तिमल्सिनाले लेखेको समाचार नागरिक दैनिकमा छ । ‘३१ मेट्रिक टन फोहोर व्यवस्थापन’ शिर्षकको राससको खबरलाई नागरिकले प्रकाशित गरेको छ ।

उपत्यकाका विभिन्न नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको खबर छ । यसैगरी भकम्पपीडित नै सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुबारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकिकृत बस्ती निर्माणमा जुटेको खबर धु्रव दङ्गालले नागरिकमा लेखेका छन् । नुवाकोटमा भूकम्पपीडित विस्थापितहरुले घर बनाउने जग्गा पाएको ,भूकम्पले ढलेको दोलखाको ओराङ गाँउ उठेको र वागमतीका पुल नबन्दा रौतहट र सर्लाहीबासीलाई सास्ती भएको खबर पनि यहि पत्रिकामा छ ।

राजधानी दैनिकमा ‘व्यवस्थापनकै नाममा वन फँडानी, स्थानीय आक्रोशित’ शिर्षकको खबर प्रकाशित छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा जिल्ला वन कार्यालय सर्लाहीले धमाधम वन फँडानी गर्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । यो खबर श्रवण थापाले लेखेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार