Tuesday, November 5, 2024

विद्यूतिय सवारी साधनको करमा पुनः विचार गरः पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौ, जेठ १८ (हाकाहाकी)– पूर्व अर्थमन्त्री तथा सत्तापक्ष नेकपाका सांसद सुरेन्द्र पाण्डेले विद्यूतिय सवारी साधनमा लगाइएको करमा पुनः विचार गर्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबारको संसद बैठकमा उनले यस्तो आग्रह गरेका हुन । ‘पेट्रोलियम आयातमा दिर्घकालिन समाधान दिन सक्छ’, उनले भने ।

सांसद पाण्डेले सरकारले विद्यूतिय साधनमा जे सुकै तर्क गरेर कर लगाएको भएता पनि विद्यूतिय साधनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार ०७७÷७८ बजेट सार्वजनिक गर्दै सरकारका नीति तथा कार्यक्रम, १५ औं योजना तथा उर्जामन्त्रालयको स्वेतपत्रर प्रधानमन्त्रीको घोषणा तथा प्रतिवद्धता विपरित तीनै विद्युतीय सवारी साधनको कर बढाउनु भएको हो ।

यस्ता गाडीको आयातमा अबदेखि ८० प्रतिशत भन्सार, ४० देखि ८० प्रतिशतसम्म अन्तशुल्क लगाइएको छ । १३ प्रतिशत मूल्य अभिवृद्धि कर र सडक दस्तुर पनि छ । यसबाट यस्ता गाडीको मूल्य आकासिने अवस्था सिर्जना भएको छ, जवकि यसअघि यस्ता गाडीको भन्सार १० प्रतिशतमात्रथियो । यसबाट यस्ता गाडीको मूल्यकरिब दोब्बर हुने निश्चित छ । यसले विद्युतीयसाधनको प्रयोगलाई निरुत्साहित गरेको छ ।

यसबाट के पुष्टि हुन्छ भने सरकार आफ्ना योजना, नीतिकार्यक्रम र प्रतिवद्धतामा स्थिर छैन । नेपाल सरकारले जे भन्छ त्यो गर्दैन, जे भन्दैन त्यो गर्छ भन्ने कुरा यसबाट पुष्टि हुन्छ । सरकारले यस्ता साधनमाथपेका विभिन्न करको सर्वत्र विरोध भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार