Wednesday, April 23, 2025

महानगरको ब्रुमर खरिद सम्बन्धी सबै कागजात अख्तियारमा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सडकको धुलो बढार्न खरिद गरेको इटलियन ब्रुमरमा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

उपत्यकाको धुलो सफा गर्न ल्याएको ब्रुमरमा अनियमितताको उजुरी परेसँगै आयोगले छानविनको प्रक्रिया अघि बाढाएको छ। हाकाहाकीसँग कुरा गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले आयोगमा उजुरी परेको र प्रारभिक छानविन शुरु गरिएको जानकारी दिए।

‘उजुरीकै आधारमा भ्रष्टाचार भएकै हो भन्न मिल्दैन्, त्यस विषयमा हामीले छानविन गरिरहेका छौं,’ उनले भने। यो विषय प्रारम्भिक अनुसन्धानको क्रममा नै रहेकाले कसले उजुरी ग-यो, सो उजुरीमा के–के दावी गरिएको छ भन्ने विषयामा अहिले नै केही बताउन नमिल्ने आयोगको भनाई रहेको छ। तर उजुरी परेकै आधारमा अनियमितता भएको भन्न नमिल्ने आयोगको भनाई छ।

कुनै पनि नाम उल्लेख गरेको तथा वेनामी उजुरी परेपछि अख्तियारले गोप्य रुपमा त्यसको प्रारम्भिक अनुसन्धान गर्ने गर्दछ र सो उजुरीमा कुनै प्रमाण भेटिएमा उसले दोस्रो तहको अनुसन्धान गर्ने गर्दछ। आयोगको प्रारभिक छानविनमा अनियमितता भएको देखिएमा थप अनुसन्धानको प्रक्रिया अघि बढाइने कोइरालाले हाकाहाकीलाई जानकारी दिए।

उजुरीसँगै आयोगले बु्रमर खरिदसम्वन्धी सबै कागजात महानगरपालिकसँग माग गरेको थियो। आयोगमा उजुरी परेसँगै काठमाडौँ महानगरपालिकाले सबै कागपत्र आयोगमा पठाएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए।

महानगरले २ वटा ब्रुमर बीना टेण्डरबाट खरिद गर्न लागेपछि उजुरीकर्ताहरूलाई भ्रष्टचार भएको हुनसक्ने लागको आशंका डंगोलले व्यक्त गरे।

‘हाम्रो नियमावलीमै यदि त्यही कम्पनीसँग नै पुनः खरिद गर्ने हो भने ५० प्रतिशत रकमको टेण्डर गर्नुपर्दैन्,’ उनले भने । सोही अनुसारको सम्झौता पनि भएको उनी बताउँछन्।

हाल काठमाडौँ महानगरसँग ७ वटा ब्रुमर छ। ५ वटा महानगरले इटालियन कम्पनीसँग ११ कारोड रुपेयाँमा खरिद गरेको हो भने २ वटा चीन सरकारबाट अनुदानमा प्रप्त भएको हो।

काठमाडौँ महानगरले खरिद गरेको युरो ४ एमिसन स्टाण्डर्डको डुभेलो ६००० मोडलको यी ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट रहेको छ। डिजेलबाट चल्ने बु्रमरका अगाडि एउटा, छेउमा दुईवटा र बीचमा एउटा गरी चारवटा ब्रस रहेको छ । ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता रहेको यी ब्रुमरको अधिकतम क्षमता २५ हजार स्क्यानर मिटर (०.०२५ स्क्यानर किलोमिटर) प्रतिघण्टा रहेको महानगरको भनाइ छ।

सात वटै ब्रुमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ। सोही रुट अनुरुप काम भइरहेको महानगरको दावी रहदैँ आएको छ । तर भिआइपीको रुटमा मात्रै ब्रुमर प्रयोग हुने गरेको सर्वसाधारणले गुनासो गर्दै आएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार