इन्जिनियर नै विश्वस्त नहुँदा पुनर्निर्माणको प्रबलीकरण पक्ष कमजोर

काठमाडौँ– पुनर्निर्माणका लागि फिल्डमा खटिएका इन्जिनियर नै रेट्रोफिटिङ् (प्रबलीकरण) का माध्यमले घर सुरक्षित र बलियो बनाउँन सकिन्छ भन्नेमा विश्वस्त नहुँदा प्रबलीकरणको काममा अपेक्षित प्रगति नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निजी आबासको पुनर्निर्माण सकिनै लाग्दा पनि प्रवलीकरणले भने गति लिएको छैन् । प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेका अनुसार झण्डै ७० हजार भूकम्प प्रभावितका घर प्रबलीकरण गर्नुपर्ने सुचीमा छन् ।

तर, पुननिर्माणमा खटिएका प्राविधिकलाई समेत प्रबलीकरणबारे जानकारी छैन् । उनले भने, ‘नेपालको सन्दर्भमा प्रबलीकरण नयाँ काम हो । भूकम्पअघि केही सरकारी विद्यालयको प्रवलीकरण गरिएको थियो, भूकम्पको जाँदा ती भवनमा कम क्षति भयो ।’ पुनर्निर्माणमा प्राविधिक सहायता प्रदान गर्दै आएको संस्था भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (ऐनसेटे) ले पनि प्रबलीकरण गरी घर सुरक्षित बनाउने उपाय हुँदाहुँदै पनि धेरैको ध्यान नयाँ घर निर्माणमा गएको बताएको छ ।

एनसेटका उपकार्यकारी निर्देशक डा.रमेश गुरागाइले भने ‘पुरानो घरलाई प्रबलीकरण गर्दा घर बलियो मात्रै नभइ नयाँ घरभन्दा पनि सुरक्षति हुन्छ । सुरुमा हामी आफैँ पनि विश्वस्त थिएनौँ तर अहिले विभिन्न अध्ययन अनुसन्धानले प्रबलीकरण गर्दा घर निकै बलियो हुने देखाएको छ ।’

उनका अनुसार भूकम्पले चर्किएका मात्रै होइन मापदण्ड विपरीतका हरेक घरलाई प्रबलीरण गर्नुपर्छ जसले एकातिर समुदाय सुरक्षित हुन्छ भने अर्कोतिर आफ्नो मौलिकता पनि जोगिन्छ र कम खर्च पनि लाग्छ । तर धेरै घर धनी सरकारको अनुदान ३ लाख पाउने लोभमा छन् । गुरागाइँका अनुसार ठूल्ठूला सेक (हलचललाई) टेबलमार्फत नमूना घरलाई हल्लाएर कतिको सुरक्षित छ भन्ने मापन गरिन्छ । जसबाट प्रबलीकरण गरेका घर निकै बलिया देखिएका छन् । यो अध्ययन अनुसन्धानले नै पुष्टि गरिसकेकोले कोही कसैले पनि प्रबलीकरण प्रति शङ्का गर्नु नपर्ने उनको भनाई छ ।

प्राधिकरणका अनुसार विभिन्न गैर सरकारी संघ सस्थाले अहिले विभिन्न ठाउँमा केही घरको प्रबलीकरण गरिरहेका छन् । सरकारले पनि भूकम्प प्रभावित स्थानीय तहमा टास्क फोर्स गठन गरी प्रबलीकरण अघि बढाउने योजना बनाएको छ । पुनर्निर्माणमा खटिएका प्राविधिकको सफिारिसमा घर प्रबलीकरण गर्ने प्रभावितलाई सरकारले १ लाख अनुदान स्वरूप दुई किस्तामा अनुदान दिने प्राधिकरणले बताएको छ ।

के हो प्रबलीकरण ?

विज्ञहरूका अनुसार प्रबलीकरण सामान्यतया भूकम्पले कमजोर बनेका तथा पुराना घरको कुन कुन भाग कमजोर छ पत्ता लगाएर बलियो बनाउने प्रविधि हो । धेरैले प्रबलीकरण भनेको मर्मत सम्भार बुझ्ने गरेको भए पनि मर्मत सम्भार र प्रबलीकरणमा केही फरक छ । मर्मत गरेर पहिलेको जतिको बलियो मात्रै बनाउन सकिन्छ भने प्रबलीकरण गर्दा पहिलेको भन्दा पनि बढी बलियो बनाउन सकिन्छ । यसलाई विज्ञहरू बिग्रेको रेडियोसँग पनि तुलाना गर्छन् । पुरानो रेडियो सपार्नु मर्मत हो, भने त्यसमा फ्रिक्वेन्सी थप्नु प्रबलीकरण हो । जसबाट रेडियोमा पहिलेको भन्दा बढी स्टेसन सुनिन्छन् ।

समस्या के छ ?

पुनर्निर्माणमा खटिएका डकर्मी तथा इन्जिनियलाई प्रबलीकरण सम्बन्धी राम्रो ज्ञान नहुनु पहिलो समस्या हो जसकारण उनीह प्रबलीकरण गरी घर बलियो बनाउन सकिन्छ भन्नेमा विश्वस्त हुन सकिरहेका छैनन् । धेरैजसो भूकम्प प्रभावित पनि सरकारले दिने ३ लाख अनुदान लिनमै केन्दित देखिएका छन् । पुनर्निर्माणमा सहयोग गरिरहेका संघ संस्थाले पनि नयाँ घर बनाउनमै जोड दिएकाले प्रबलीकणको काम अघि बढन सकिएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार