Thursday, September 19, 2024

मौरी मोह

-अमिष रेग्मी

कुनै बेला मह काढ्न भीरपाखा जाने त्यतिकै हुन्थे। घरनजिकैको जंगलमा पनि मौरीको घार हुन्थ्यो । वन विनाससँगै अहिले भीरपाखामा मौरी खासै पाइँदैनन्। काठमाडौं उपत्यकाको वनजंगल पनि विनास भइसक्यो । उहिले रुख उम्रिने जंगलमा अहिले कंक्रिटका घर ठडिएका छन्। तर, मौरी अनि महको महत्व र मोह घटेको छैन ।

अचेल किसानहरूले बैकल्पिक उपाय अपनाएका छन् । पहिले घरमा आएको मौरीलाई सामान्य घारमा राख्ने किसान पनि अहिले व्यावसायीक मौरीपालनमा लागेका छन्। आधुनिक घारको प्रयोग मात्र भएको छैन, मौरीको आहाराकै लागि भनेर विभिन्न प्रजातिका फूल पनि लगाउने गरिएको छ ।

यसरी मौरिपालन गरेर जीविकोपार्जन गरिरहेका छन्, ललितपुरको गोदावरीका रामबाबु सिलवाल। उनले घरको आगनमै मौरीपालन थालेका छन् । मौरीका १२ वटा घार छन् । मौसम अनुकुल रहेका बेला वर्षमा करिब ३० देखि ३५ किलोग्रामसम्म मह उत्पादन हुने गरेको उनी बताउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार