काठमाडौँ – बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) त्रुटिपूर्ण भएकाले त्यसकाे पुनरावलाेकन गर्नुपर्ने एक अध्ययन प्रतिवेदन देखाएकाे छ।
नेपाल वातावरण पत्रकार समूह(नेफेज)द्वारा तयार पारिएकाे साे प्रतिवेदन विहीबार संस्कृति पयर्टन तथा नागरिक उडड्यनमन्त्री याेगेश भट्टराईलाई हस्तान्तरण गरी सार्वजनिक गरिएकाे छ।
प्रतिवेदन सार्वजनिक गर्न नेफेजले पर्यटनमन्त्री भट्टराईकाे उपस्थितिमा आयाेजना गरेकाे कार्यक्रममा साे प्रतिवेदनबारे विस्तृत छलफल भएकाे थियाे ।
उक्त प्रतिवेदनका अनुसार सरकारसँग निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) छैन् । ७ खर्बको अनुमानित लागतको आयोजना डिपिआर बिनै अघि बढ्न नसक्ने भएकाले पहिले यसको विस्तृत परियोजना अध्ययन गरिनुपर्ने छ।
साढे २४ लाख रुख काट्नुपर्ने रुख काट्ने नियतबाट प्रेरित भएर सरकारले हतारमा वातावरण मूल्यांकन प्रतिवेदन पारित गरिएको, त्रुटिपूर्ण इआइए पारित गर्ने प्रक्रिया अनुरुप नभएको, वन मासेर स्मार्ट र एयरपोर्ट सिटी बनाउने कुरा तर्कसंगत नभएकोको स्मार्ट सिटीका नाममा प्राकृतिक श्रोतको विनाश स्वीकार्य नहुने प्रतिवेदनमा उल्लेख छ ।
योसँगै टागिया बस्ती व्यवस्थापन, त्यहाँका वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने कुरा, दुर्लभ वन्यजन्तु हात्ती, बाघलगायत जैविकमार्ग संरक्षण, अन्य चराचुरुङ्गी र वन्यजन्तुलाई पर्ने सक्ने प्रभाव न्यून गर्ने कुरा, पानीको मुहान संरक्षण, चुरेमा पर्न सक्ने प्रभाव र त्यसको असर बाढीबाट पर्नसक्ने जोखिम न्यूनीकरण आदि विषयलाई परियोजना अघि बढाइनुपूर्व गम्भीरतापूर्वक लिइनुपर्ने प्रतिवेदनले जनाएको छ।
प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल वातावरणीय असर अध्ययन प्रतिवेदन
[pdf-embedder url=”https://www.hakahakionline.com/np/wp-content/uploads/2019/09/Final-Nijgadh-report.pdf” toolbarfixed=”on”]





