मकैबाली सखाप पार्ने फौजी कीराबाट यसरी बच्न सकिन्छ (भिडियोसहित)

काठमाडौं–मकैबालीका लागि निकै घातक मानिने फौजी कीरा मुलुकका विभिन्न क्षेत्रमा फैलिएपछि किसान चिन्तित बनेका छन्।

छोटो समयमै मकैबाली सखाप पार्ने यो कीराको संक्रमण ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासी, भोजपुर, खोटाङ,लगायतका जिल्लाका मकैबालीमा खेतमा यो किराको संक्रमण देखिाएको हो।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटको अनुसन्धानमा फौजी किरा नेपाल प्रवेश गरेको पुष्टि भएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले किराबारे थप अनुसन्धान अगाडि बढाएको थियो। यो किराले मकैको पात, डाँठ, घोगाा र बोट नै सखाप पार्ने गरेको छ । मकै उम्रेदेखि नै आक्रमण शुरु गर्ने फौजी कीराले बोट नै सखाप पार्ने गरेको छ। मुख्यतः मकै मन पराउने यो कीराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखुबाली, घाँसेबाली, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेतमा क्षति पु¥याउने गरेको बताइन्छ।

फौजी कीराको प्रकोपले भोजपुरको हतुवागढी गाउँपालिका क्षेत्रमा मकैबाली सखाप पारेको छ। गाउँपालिकाका वडा १, २, ५ र ६ का रानीबास, लुङ्गिन, होम्ताङ, हर्का, लंखालगायत छिमकी आमचोक गाउँपालिकाका केही क्षेत्रमा पनि फौजी किराको बढी प्रकोप देखिएको छ।

प्रकोपले गाउँपालिका क्षेत्रका करिब सवा ८ सय रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली नष्ट गरेको छ। खडेरीले बर्खे मकै मरेपछि मासेर लगाएको हिउँदे मकैमा पनि फौजी किराले सास्ती दिएको हतुवागढी गाउँपालिका १, रानीबास हर्काका किसान पदमबहादुर बस्नेतले बताए । कृषि प्राविधिक खटाई अनुसन्धान गरी प्रकोप नियन्त्रणका लागि आवश्यक पहल थालिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

खोटाङर्कोे हलेसी तुवाचुङ नगरपालिकामामा पनि फौजी कीराको आतंक फैलिएको छ। सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन्।

यो अमेरिकी रैथाने कीरा हो। अफ्रिकालगत्तै सन् २०१८ मा यो कीरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यमा देखिएको थियो । यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ।

फौजी किराको यही क्षमताका कारण गएको वर्ष भारतका १९ प्रान्तमा फैलिसकेको थियो। भारतसँगै श्रीलंका, बंगलादेश र म्यानमारमा पनि यसको प्रकोप देखिएको वैज्ञानिकहरुले बताएका छन।

त्यसलगत्तै सन् २०१९ को सुरुवातमा थाइल्याण्ड, चीन र भियतनाममा पनि देखिएको थियो। यसक्रममा नेपालका विभिन्न जिल्लामा समेत देखिएको हो।

तस्बिर स्रोत : कीट वैज्ञानिक सुदीपकुमार उपाध्याय

फौजी कीराबाट बच्ने उपायबारे प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले तयार पारेको भिडियो हेर्नुहोस्

[pdf-embedder url=”https://www.hakahakionline.com/np/wp-content/uploads/2019/09/fauji.pdf” toolbarfixed=”on”]

ताजा समाचार

सम्बन्धित समाचार