काठमाडौँ – सरकारले संसदमा दर्ता गरेको ‘वातावरण संरक्षण विधेयक २०७५’मा भएका दफावार त्रुटीहरूको समग्र अध्ययन गरी त्यसलाई सच्याउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगले संसदीय समितिलाई प्रतिवेदन बुझाएको छ।
आयोगले बुधबार प्रतिनिधिसभाको कृषि, सहरकारी तथा प्राकृतिक श्रोत समितिलाई विधेयकमा उल्लेख २३ वटा दफाभित्रका शब्द तथा बुँदाहरू सच्याउने तथा अन्य विभिन्न विषय थप्नुपर्ने मागसहितको प्रतिवेदन बुझाएको हो।
यसअघि वातावरण क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाले वातावरण विधेयकमा भएका त्रुटी र सच्याउनुपर्ने विषय समेटिएको प्रतिवेदन आयोगलाई बुझाएका थिए।
गत २७ असारमा नेपाल वातावरण पत्रकार समूह, साउथ एशिया इन्स्टिच्युट अफ एडभान्स स्टडीज, दीगो विकास इन्स्टिच्युट, युथ एलाइन्स फर इभारमेन्ट र क्लिन इनर्जी नेपालले संयुक्त रुपमा ‘दीगो विकासका लागि वातावरण संरक्षण विधेयक’ विषयक बहस कार्यक्रमको आयोजना गर्दै वातावरण विधेयकमा भएका त्रुटी तथा अन्य विषयको सुझावसहितको प्रतिवेदन आयोगलाई बुझाएको हो।
उक्त प्रतिवेदनका साथै विभिन्न अध्ययन पश्चात आयोगले संसदीय समितिलाई विधेयकमा भएका त्रुटीहरू औँल्याउँदै सुझावसहितको प्रतिवेदन बुझाएको आयोगको भनाइ छ।
यस्तो छ आयोगले समितिलाई बुझाएको प्रतिवेदन





