Friday, September 27, 2024

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडान सहजीकरण गर्न चीन तयार

काठमाडौँ– नेपाल र चीनविच हवाई सेवा सम्झौता पुनरावलोकनको दुई दिने बैठक चीनको राजधानी वेइजिङमा सम्पन्न भएको छ ।

सो वार्तामा दुवै पक्ष नयाँ उडान थप्न र साप्ताहिक रुपमा हुने उडानको संख्या बृद्धि गर्न सहमत भएको वेइजिङस्थित नेपाली दुतावासले जानकारी दिएको छ । त्यसैगरी, नेपाल एयरलाइन्सको ग्वाङझाउमा उडान र हिमालय एयरलाइन्सको वेइजिङ उडानको लागि आवश्यक सहजीकरण गर्न चिनियाँ पक्ष सहमत भएको छ ।

आफ्नो विज्ञ टोलीले निगमको ‘सेफ्टी अडिट’ गरेपछि मात्रै अनुमति दिनेबारे निर्णय लिने उसले जनाएको छ ।वैठकमा नेपाली पक्षले नेपाली उडान कम्पनीहरुले चीनका विभिन्न शहरमा उडान गर्न पाउनुपर्ने माग गरेको थियो ।

नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । नेपाली जहाजले भने चीनका विभिन्न १५ गन्तब्यमा उडान गर्न सक्ने गरी गन्तब्य बढाइएको छ । यसअघि नेपालबाट ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने प्रावधान थियो । यसअघिका ७ विमानस्थललाई यथावत राखी अन्य ८ विमानस्थलमा भने नेपाली कम्पनीले रोजेको गन्तब्यलाई अनुमति दिने प्रतिवद्धता चीनले गरेको छ ।

नयाँ व्यवस्थाअनुसार अबदेखि नेपाल चीनबीच हप्तामा ९८ उडान हुने छन्। यअघि ७० उडान पाउने व्यवस्था थियो।

मन्त्रालयका अनुसार चीनबाट हाल पाँचवटा वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन्।

चीनबाट एयर चाइनाले सातामा १० वटा र चाइना इस्टर्नले १४ वटा उडान गर्छ। यस्तै, चाइना साउदर्नले सातामा १४ वटा, सिंचुवान एयरलाइन्सले चारवटा, तिब्बत एयरलाइन्सले दुईवटा उडान गर्ने गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार