‘मानिसले शव फालेर फोक्सुण्डो ताल फाेहाेर बनाए'(भिडियाे)

काठमाडौँ – विश्वकै गहिरो ताल से फोक्सुण्डो तथा फोक्सुण्डो सुलीघाट जलाधार क्षेत्र संरक्षणका लागि सरोकारवालाले आवाज उठाएका छन्।

सुन्दर तर पछि परेको पर्यटकीय गन्तव्य मध्येको एक डोल्पाको फोक्सुण्डो जलाधार क्षेत्र संरक्षण तथा यसको प्रवद्र्धनका लागि नेपाल वातावरण पत्रकार समूहले १४ वैशाखमा गरेको कार्यक्रममा सरोकारवालाले संरक्षण तथा प्रवद्र्धनको आवाज उठाएका हुन्।

फोक्सुण्डोको आँगनमा आयोजित उक्त कार्यक्रममा बोल्दै जलाधार क्षेत्र संरक्षणमा काम गर्दै आएका मनोज चौधरीले भने, ‘फोक्सुन्डो सुलीघाट जलाधार क्षेत्र, जुन की एक वर्षमा, यो ठाउँमा पुग्ने सपना धेरै थियो मेरो तर यो पानी परियोजना ले जुरायो मलाई र अझ चाहिँ यो एक वर्ष भित्रमा यस क्षेत्रको बारेमा हामीले छलफल गर्‍यौँ।

कार्यक्रममा बोल्दै चौधरी तथा अन्य वक्ताहरूले उठान गरेका विषय जस्ताको तस्तै : 
यहाँको समुदायसँग अन्तरक्रिया र जलाधारको प्रोफाइल र त्यसको स्वास्थ्य प्रतिवेदन तयार गर्ने बेला मैले जुन यहाँ सिके, त्यो त वास्तवमा मेरो एक वर्षको सिकाइ हो तर तपाईँहरू यहीँको वासिन्दा भएको हुनाले मेरो गुरुहरू चाहिँ तपाईँहरू नै हो र यो युएसएआइडी पानी परियोजना ३ वटा रिभर बेसिनमा काम गर्छ (राप्ती, महाकाली र कर्णाली)। अहिले चाहिँ हामी यो कर्णाली रिभर बेसिनको फोक्सुन्डो सुलीघाट जलाधार क्षेत्र भित्रमा काम गर्दैछौँ।

तपाईँहरूले दिएको निर्देशन अनुसार यो जलाधार क्षेत्रमा यस्तो–यस्तो अवस्था देखियो है भनेर तपाईहरू सामु नै हामीले छलफल गरेर यो ठीक छ की छैन, यदी सुधार गर्नु पर्नेछ, हामीले यो छलफलको दौरानमा, अनुसन्धानका दौरानमा, त्यो त्रुटीहरू आएको छ भने त्यो पनि सच्याईदिनुस् भनेर फेरि त्यसै छलफलबाट फाइनल गरेर, अहिले चाहिँ एउटा ड्राफ्ट, वाटरशेड प्रोफाइल त्यसका हेल्थ रिपोर्टहरू तयार गरिसकेका छौँ र त्यो चाहिँ अहिले हामीले युएसआइएड पठाएका छौँ।

त्यहाँबाट त्यो प्रोफाइल फाइनल भइसकेपछि फेरि हामी यहाँ आउँछौँ । यहाँ आएर हामी त्यो जलाधारको अवस्था कस्तो छ भनेर प्रस्तुत गर्छौँ र वाटरशेड भनेको यो हो भनेर हस्तान्तरण पनि गर्छौँ। र त्यसपछि त्यो जलाधारको प्रोफाइल रिपोर्टले तपाईँहरूलाई अब अगाडि कसरी बढ्ने भनेर निर्देशन गर्छ , जसले चाहिँ तपाईँहरूको योजना बनाउँदा यो गाउँपालिका, नगरपालिका, निकुञ्जहरू र विभिन्न संघसंस्थाहरूलाई निर्देशन गर्छ जसले चाहिँ यसको भविष्य निर्धारण गर्छ।

यसै सिलसिलामा हामीले मुख्य देखेका , धेरै छलफल गर्दा राम्रो कुरा पनि धेरै देखिए , एउटा राम्रो जुन यहाँ ३ वटा रिभर बेसिनमा ७९ वटा वाटर शेडहरू जुन छन् जस मध्येहामी १२ वटामा मात्रै काम गर्छौँ। १२ मध्ये एउटा यो पनि हो , र त्यो वाटरशेडमा हामीले हेरेका देखेका थुप्रै राम्रा अवसरहरू सँगसँगै मुख्य चुनौतीहरू पनि हामीले हेर्‍यौँ । जुन चुनौतीलाई हामी आगामी दिनमा त्यसलाई आधार मानेर समावेश गरेर विभिन्न किसिमका योजनाहरू बनाउनुपर्छ भन्ने कुरा पनि देखिएकोे छ।

जसमध्ये एउटा के देखिएको छ भने यो क्षेत्रको नौलो जुन की हाम्रो कुनै पनि वाटरशेडमा देखिएको छैन, यो फोक्सुन्डो सुलुघाट जलाधार क्षेत्र भनेको ९८ प्रतिशत भन्दा बढी यो राष्ट्रिय निकुञ्ज र बफर जोन क्षेत्रमा पर्छ। त्यसैमा के देखिएको छ भने निकुञ्ज यहाँ भएका बफर जोन कमिटीहरू, युजर्स, काउन्सिल, उपभोक्ताहरू, त्यहाँ समन्व्यको कमी छ की भन्ने कुरा चाहिँ बहु सरोकारवाला तपाईँहरूले नै भन्नु भएको छ। त्यसैले हामीले एउटा गर्नै पर्ने काम भनेको त्यो समन्व्यलाइ कसरी राम्रो बनाउर्ने हो।

दोस्रो भनेको चाहिँ छलफल गर्दा खेरी यो हिमाली क्षेत्र भएको हुनाले जलवायुको कारणले पनि धेरै जोखिमहरू देखि राखेकोछ । पहिले जुन हिसाबले हिउँ पथ्र्यो अब पर्दैन , समयमा पानी पथ्र्यो जसले चाहिँ खेती किसानीमा सहयोग गर्थ्यो त्यो पनि छैन । अब हिउँ पर्‍यो एक्दमै बढी परिदिने नोक्सान गर्ने गरी , मानिसहरूको क्षती पनि भएको थाहा पाइयो यहाँ र त्यसपछि यो जलवायु परिवर्तनसँगको अनुकुलनको कुराह्ररु छ त्यहाँ एकदमै कम ज्ञान भएको देखियो।

छेक्पामा पहिले त्यति सागहरू फल्दैनथे, पाप्रिका स्कुलसम्म मकैहरू फल्दैनथे अहिले मज्जाले फल्न थालिसक्यो । पुङ्गुमा पहिले जुन तरिकाले परम्परागत रुपमा खेतीकिसानी हुन्थ्यो, त्यो नभई त्यसको पनि परिवर्तन भईसकेको छ । यहाँसम्म की त्यहाँ कीराहरू पनि देखिन थालिसकेको छ तरकारीहरूमा कीरा लाग्न सुरु गरिसकेको छ।

र अर्को कुरा यो क्षेत्र माथिल्लो भागमा धेरै संघसंस्थाहरू जस्तै कृषि कार्यालयहरू र अरु कार्यालयको पनि पहुँच नभएको देखियो । तरकारीहरूमा औषधि छर्नुपर्ने मात्र थाहा छ तर कस्तो किसिमको औषधी छर्ने ज्ञान छैन।

अर्को समस्या हामीले गर्नै पर्ने काम भनेको यो क्षेत्रमा जलीय जैविक विविधता सम्बन्धी रिसर्च चाहिँ भएको छैन । हामी अझ सम्म विवाद मै छौँ की यो फोक्सुन्डोको गहिराई कति हो , त्यो सम्बन्धी अनुसन्धान भएको छैन । यसको राम्रो रिसर्च हुनुपर्छ भनेर हामी यसमा लागि राखेका छौँ।

अर्को कुरा यो फोक्सुन्डो चाहिँ जीवन रहित लेक भनेर अहिले सम्म चिनिएको छ । यसो हेर्दा खेरी यती राम्रो देखिन्छ की छिन्छिन्मा यसको रङ् परिवर्तन हुन्छ । तर हामी यसलाई निर्जिव भन्दा मलाई कस्तो–कस्तो लाग्छ । माछा छैन भन्छौँ तर रिसर्च भएको छ, विज्ञानले भन्नु पर्‍यो की यो निर्जिव हो भनेर । अस्ति भर्खरै हामीले यहाँ हेरेका थियौँ साना साना जलीय जीवहरू छन् भनेपछि यहाँ जीवन त छ नि । यहाँ ५ की ६ प्रजातिको लेउहरू पनि छन्।

त्यसपछि रेड क्रिस्टेड चरा जुन नेपालमा पाउँदैन भनेर आइयूसीएन ले भनेको छ त्यसैको फोटो पनि हामीलाई यहाँबाट उपलब्ध भएको छ । त्यही भएर यिनी सबै कुराहरूलाई एउटा रिसर्चले गर्दा निकुञ्जमा अब अरुको जस्तै हिम चितुवाको, रुखबिरुवाहरूको चाहिँ छ तर जलीय जैविक विविधता सम्बन्धी रिसर्च त्यसको कुनै डाटा पनि छैन, त्यही भएर त्यो चाहिँ एउटा ठूलो अवसर चाहिँ हो ।

र यसैसँग जोडेर आज हामी छलफल के गर्दै छौँ भने यो फोक्सुन्डोले जुन की राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा पनि एकदम परिचित छ सन् २००७ मा यो रामसार क्षेत्रमा सूचीकृत पनि भएको छ अब यसैलाई हेर्न आउने मानिसहरू, पर्यटकहरूलाई हामीले कत्तिको व्यवस्था गरेका छौँ । यो फोक्सुन्डो ताललाई उहाँहरूलाई कस्तो रुपमा हेराउने, कसरी अगाडि बढाउने, यहाँबाट हेरेर गइसकेपछि उहाँहरूलाई कस्तो सन्देश दिएर पठाउने।

र त्यसैले यसमा यस्तो हुनुपर्‍यो की जसले चाहिँ आफ्नो मात्रै स्वार्थ नहेरेर सम्पूर्ण यो क्षेत्रको व्यवस्थापनको रुपमा पनि हेर्नुपर्‍यो। यो रिग्मो हुनसक्छ, खुम्बु हुनसक्छ, शेर्पा जुन यो जलाधार क्षेत्रमा जति हाम्रो बस्तीहरू छ त्यसमा हाम्रो बारेमा चाहिँ कसरी समान आँखाले कसरी सबैलाई राम्रो बनाउने र भोलिका दिनमा झन् पर्यटन बढ्न सक्छ। यहाँका फोहोर व्यवस्थापनका कुराहरू छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने, यहाँ समुदायहरू छ, र चाहिँ हाम्रो पुरानो ज्ञानहरू छ, धर्म गुरुहरू बसिराख्नु भएको छ, उहाँहरूको ज्ञानलाई राम्रो ढङ्गले कसरी व्यवस्थित पार्ने, अझ जीवित राख्ने भन्ने कुराको छलफल चाहिँ अब हाम्रो पानी छलफल हो।

यसमा छलफल गर्दा कसैलाई दोष दिएर, कुनैले कसैलाई आफ्नो मनको कुरा राख्नुभयो भने चित्त नदुखाउनु होला किनकी यो क्षेत्रको विकासको लागि हामी छलफल गर्दैछौँ। र अब पानी परियोजनाले के गर्ने भन्दा हामीले एउटा रिसर्चको काम चाहिँ गर्छौँ । यो क्षेत्रमा जलीय जैविक विविधताको अवस्था के छ, यसको रिसर्चको लागि हामी लागिपरिरहेका छौँ।

र अर्को चाहिँ यो जलवायु परिवर्तनसँग जोडिएका केही कुराहरू पनि केही त्यसमा हामी कुरा गर्छाैँ। र अर्को यो सुशासनका कुराहरू, हामीले यस्तो सम्म पायौँ की यहाँ पहिला चाहिँ दिदी बहिनी समूहहरू हुनुहुन्थ्यो, उहाँहरू बचत गर्नुहुन्थ्यो र धेरै पैसा जम्मा भइसकेपछि, यो पैसा कता लैजाने भनेर फेरि त्यो पैसा आपसमा बाँडेर ग्रुप बिग्रिएको पनि छ।

यहाँका युजर्स कमिटीहरू महिला सहभागिता भनेर त छ तर त्यस्तो देखिएको छैन वास्तविक रुपमा। त्यही भएर यो छलफल ले चाहिँ यो फोक्सुन्डोले यहाँ लेक व्यवस्थापन समिति पनि छ। त्यो समिति भनेको हाम्रो अध्ययक्ष ज्यूको मात्र हैन, उहाँलाई त्यो लेक सम्बन्धी के छ योजना भनेर सोध्दा उहाँले केही भन्नु हुँदैन । यो सबै हाम्रो समग्र लेक भएको हुनाले यसलाई ५–१०–१५ वर्षमा कस्तो हिसाबले यसलाई हामीले देखाउने । र त्यो सँगसँगै हाम्रो पनि व्यवस्था छ , यसलाई प्राकृतिक रुपले कसरी संरक्षण गर्ने, यसको जुन सौन्दर्यता छ , यसलाई कसरी कायम राख्ने, यो सँग जोडिएका सामाजिक–आर्थिक विकासहरू छ , यसलाई न्यायचित वितरण भनिन्छ , यो न्यायचित वितरणलाई कसरी राम्रो बनाउन सक्छौँ भन्ने विषयमा हामी एक्दम राम्रो छलफल गरौँ।

र पानीको खुसीको कुरा के छ भने हाम्रो पार्टनर चाहिँ नेपाल वातावरण पत्रकार समूह हुनुहुन्छ, उहाँसँग हामी काम गरिराखेका छौँ । तपाईँहरूले जुन हेर्नुभयो राराको, त्यस्तै डकुमेन्ट्री बनाउन फेरि टिम आउँदैछ । त्यही भएर त्यो टिमलाई कस्तो भिडियो खिच्ने, यहाँका राम्रा कुराहरू के देखाउने र आगामी हाम्रो योजनाहरू के हो भनेर कसरी देखाउने भन्ने कुरा तपाईँहरूको हातमा छ।

उहाँहरू आउँदै हुनुहुन्छ, तपाईँहरूको सहयोग भयो भने उहाँहरूले राम्रो पछि सम्मलाई हेर्न मिल्ने जुन पहिचान छ , त्यो लैजानु हुन्छ । यदी हामीले सहयोग गर्न सकेनौँ भने त्यो पनि फेरि त्यति राम्रो हुन सक्दैन तर हाम्रो हातमा छ , त्यसलाई राम्रो बनाउन सक्छौँ । यस विषयमा राम्रो छलफल गरौँ, सबै खुलेर बोलौँ । केही समस्याहरू यस्ता छन् जसलाई हामी आफैमा छलफल गरेर समाधान गर्न सक्छौँ तर कुनै कुनै समस्या यस्तो छ की जुन चाहिँ हामी मात्र नभएर हाम्रो नेपाल वातावरण पत्रकार समूहको पनि सहयोग चाहिन्छ । त्यस्ता कुरा पनि राखौँ जसले गर्दा चाहिँ सरहरूले भोलिका दिन त्यसलाई चाहिँ राष्ट्रिय तहमा, केन्द्रीय तहमा पनि त्यसलाई उठाएर एउटा राम्रो फोक्सुन्डोको भविष्य निर्धारण गर्न सकौँ सबैको सहभागी होस्।

छेवाङ क्याबु लामा, स्थानीय – सर्वप्रथम त हामीले हाम्रो पहिचान नै गुमाइसकेका छौँ । यो तपाईहरूकोे कारणले या हाम्रो कारणले, पहिले त यो प्रश्न । र दोस्रो प्रश्न भनेको हामी तपाइहरूलाई मध्यवर्ती अध्ययक्षको नाममा कति, फोक्सुन्डो ताल संरक्षण समितिको नाममा फोक्सुन्डो ताल संरक्षण समिति, वडा अध्ययक्षको वडा अध्ययक्ष जिम्मेवारी दिसकेका छौ, तपाईहरूले अहिलेसम्म केही गर्नु भएको छैन, कहिले गर्नुहुन्छ । नक्सा पास नभएर भौतिक निर्माण हुन पाउँदैन । भौतिक निर्माण कार्य बढ्दै छ, त्यसलाई तपाइ कसरी नियन्त्रण गर्नुहुुन्छ । एउटा कुरा यहाँ लिम्बुवाङ्ग क्षेत्रको प्रत्येक घरमा होटल छ, कसैको होटलमा खचाखच गेष्ट आउछन् र कसैको सुख्खा छ, त्यसलाइ तपाइ कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ, त्यो प्रश्न वडा अध्ययक्ष ज्यूलाइ । तेस्रो प्रश्न ताल संरक्षण समितिको अध्ययक्ष ज्यूलाई केही काम गर्नुस् नत्र हामी सबै जन समुदाय बसेर तिमीलाई अध्ययक्ष दिऔँ । तपाईहरू समितिलाई यो ठाउँको अध्यक्ष यो हो भनेर विदेशीहरूलाई चिनाउन बनाएको हैनौँ । तिमीलाई यहाँ भौतिक निर्माण गर अनुमति दिनलाई, होटल व्यवसाय गर भनेर अध्ययक्ष बनाएको हैनौ, साङ्टा देखि फोक्सुन्डो सम्म होटल व्यवस्था मिलाउनुस् भनेर अध्ययक्ष दिएर पठायौँ । तपाईहरूलाई एकै ठाउँ थुपार्‍यौ, तालको संरक्षणको भौतिक निर्माण गर्नुस्, तपाइहरू त सरकारको मान्छे हो नि ऐन सञ्चालन गर्नुस् न, नक्सा पास गर्नुस् न, घर बनाउन पाउदैन, आफ्नो व्यक्तिगत जग्गा छ, ५ तले घर बनाउन पाउदैन, मैले टिन थप्न पाउदैन भन्नुपर्‍यो तपाईले, यो ताल संरक्षण समितिको अध्ययक्षलाई। मध्यवर्ती क्षेत्रको अध्ययक्षलाइ के प्रश्न गर्न चाहन्छु भने भौतिक निर्माण पूर्वाधार वातावरणलाई असर कहाँ पुग्छ, तपाईहरू पूर्जी दिदाँ कुन क्षेत्रमा ठीक छ, कहाँ जङ्गल बाक्लो छ, त्यहाँ दिनुस् । यहाँको प्राइभेट जग्गाहरू, तालको छेउछेउमा छ त्यो सबै थाहा छ, र मेरो जग्गातालको छेउछेउमा छ भन्दैमा ५ तले घर उठाउन पाउदैन, त्यो सरकारको नियममा हुनुपर्‍यो। तपाइहरूले भौतिक निर्माणहरू गर्नुभएको छ र त्यसलाइ तपाइ कसरी व्यवस्थापन गर्नुहुन्छ र आइन्दा यहाँ घर बनाउने जग्गाहरू कसरी व्यवस्थापन गर्नुहुन्छ र तालको छेउमा जति पूर्वाधार निर्माण गर्नुभयो । हाम्रो यो फोक्सुन्डो रिग्मो गाउँ, यहाँ छेप्का पुग्न म भन्दैन उहाँहरूको जीवन सुरक्षित छ, रिग्मोको बस्ती बसेको ४-५ वटा घरले नष्ट गर्न सक्छ बढी । त्यो जिम्मेवारी तपाइहरू को मध्यवर्ती क्षेत्रको ताल संरक्षणको अधययक्ष, वडाका अध्ययक्ष, यहाँका जन प्रतिनिधिहरूले यहाँको जिम्मेवारी पूर्ण रुपले भोग्नु पर्ने मैले देखेको छु।

तालबाट आएको आमदानी, स्रोत यो गाउँमा आएको सबै मान्छेलाई बाँडेर गर्न सकिन्छ। होमस्टेमा सकिन्छ एकरुपता बाँडफाँड ल्याउन । ७/८ वटा होटल भइसक्यो ९/१० सम्म पुग्न लाइसक्यो, आफ्नो क्षमता अनुसारको, लिङ्क अनुसारको जाने हो पछि हामीले होम स्टे सिस्टम गरिराखेका छौँ । रिग्मो गाउँमा मात्र हामीले होमस्टे गर्नु सक्छ कि सक्दैन अहिले हामीले योजना मात्र राखेको छ । तर मैले छेप्का देखि रिग्मो सम्म होम स्टे हुनुपर्छ, कुनै ठाउँमा सफा छ, कुनै छैन, कुनैले आफ्नो संरचना बनाउन सकेको छ, कुनैले छैन । यहाँ मात्र होटल भएर भएन, दुनैमा मात्र होटल भएर भएन २०-३०-४० जना मान्छे अट्ने हिसाबले हुनुपर्‍यो भनेर मैले प्रदेशमा दुई तीन पटक भनिसक्यो, प्रदेश र गाउँपालिका दुवैमा पेश गरिसक्यो । अर्को साल आउछ होला भनेर आश राखेछु । तर यहाँ चाहिँ हामीले अहिले २० जना मान्छे आएछ, यो घरमा मिलाएर ५-५ जना मान्छे हामीलेअहिले सम्म त्यस्तो नियम निति पनि लागू छैन र अहिले त्यस्तो प्लान पनि छैन।

ताझंम, महिला वडा सदस्य वडा न‌ ८ :
यो फोक्सुन्डो ताल एक्दमै हरियो भएको छ । यो जग्गा हाम्रो नापि भएको जग्गा हो। कसैलाई उतातिर गाउँलाई जग्गा छ, कसैलाई यतातिर परेको जग्गा छ । हामीले क्षतिपूर्ति केही पनि पाएको छैनौ । यो ताल त एक्दम राम्रो हरियो हुनुपर्यो, यो गाउँ पनि एक्दम राम्रो चल्नुपर्‍यो । हामीले अगाडि बढ्नलाईे कहिले शिक्षा पाउनेढाउने कुरा हामी महिलाहरूले केही पाऊँ कि भन्नु छ । हामीलाई अहिलेसम्म केही पनि तालिम पाएका छैनौँ, केही पनि गरेको छैन । हामीहरू शीप चाहि अहिले एउटा तान बुनेर खान्छौ । एउटा तान बुनेर पनि बेचेर खान्छौ । त्यो तन्ना कहिले बिक्रि हुन्छ कहिले हुन्न ।अहिले सम्म हामीलाई होटल भनेर चाहि कहिले पुग्ने हुन्छ कहिले नपुग्ने हुन्छ । धेरै जसो हामी त यहाँ नपुग्ने छ, कसरी खाउँ , कसरी लाउँ । त्यही तान बुनेर आउने मात्र शीप छ, त्यही बुनेर मात्र अहिले हाम्रो त्यही छ।

खिम्पो सिम्दे निमा, धर्मगुरु :
पानीमा धेरै हरियो बढ्दै छ।  अस्ति पनि मैले भनिसके ताल कसरी फोहोर बन्छ भनेर। मान्छेले खोला खोलामा ट्वाइलेट गरेर, प्लाष्टिकहरू फालेर, मान्छेको लाश पनि फालेर, त्यो खोलाको पानी सब तालमा मिसाएर । अर्को हाम्रो ताल राम्रो हुनको लागि तालको दायाँ बायाँ सब सफा हुनुपर्छ। अनि तालको दायाँ बायाँ जङ्गललाई सुरक्षित गर्नुपर्छ, काट्नु हुँदैन ।

कहिले चाहिँ हिउ पनी नपर्ने कहिले चाहि जबरजस्ती पर्ने, त्यही पनि हाम्रो धर्म बारेमा भन्यो भने देवताकै हो। देवताहरूका बच्चा भने वनमा बस्छन्। अहिले यार्शागुम्बाका लागि वन खनेर उल्टै ध्वस्त बनाउछ। मेरो विचारमा यार्शागुम्बाले पनि मान्छे बनाउछ भने धेरै मान्छेको ज्यान जान्छ। गाउँमा चोर डाका हुने सब त्यही नै गर्छ । हामी मान्छेले धर्मबारी मा गयो भने गाउँ पनि राम्रो स्वस्थ राम्रो हुनेछ। मान्छेले राम्रो काम गरेपनि नराम्रो किनभने हामीले एउटा मान्छेलाई खुसी दियो भने उनीहरूले पनि हामीलाइ राम्रो दियोस्। हामीले एउटा मान्छे सँग काम कुरा गर्‍यो भने हामीलाई त्यो मान्छेले नराम्रो भन्छ। गाउँमा घरको पूजामा जानुपर्छ, आफैँको काममा जानुपर्छ अनि त्यहीको लागि गुम्बा खुल्ला नराखेको हो । कोही मान्छेले आफूले आफ्नो सोचाइ अनुसार बोल्छ त्यो गल्ती काम हो।

रिम्जिङ आंदेल बुढा, अध्यक्ष , ताल संरक्षण समिति : 
गत वर्ष हामीले सबै भेला भएरै वडा अध्ययक्ष देखि मध्यवर्ती देखि राष्ट्रिय निकुञ्ज देखि भेला भएरै पहिला चाहि शे फोक्सुन्डो गाउँपालिका तर छेप्का यहाँ अर्को वडामा पर्ने भएर हामीले यही गाउँबाट चाँहि गठन गरेको हो । लास्ट यिएर हामी रेगुलर बसेको हो, लास्ट यिएर हामी सबै बसेर समिति व्यक्ति ४–५ जनालाई रसिद बाँडेर, महिना अनुसारको रसिद काट्ने काम पनि भइसकेको हो।

लार्के लामा, वडा नं ९ अध्यक्ष, से फोक्सुण्डो, गाउँपालिका : 
भौगोलिक हिसाबले पनि हामी एक्दम बढी पनि छौँ, प्राकृतिक हिसाबले पनि र विकासका कुराहरू गर्नुपर्दा हामी गाउँ गाउँ बस्तीबाट पनि विकासहरू लिएर अगाडि बढ्ने। र कुरा अब के भयो भने वडा नं ९ भनेपछि ठ्याक्कै माथि पर्छ र भौगोलिक हिसाबले पनि दुर्गम हो । अहिले बल्ल हामी आउने क्रममा एकजना साथीले पनि भन्नु भएको थियो, अब यसपालि पनि तल ठ्याक्कै बाटोहरू बन्द हुने अवस्थामा छ । यसमा वडा नं ८ र ९ लागिपर्नु पर्ने हुन्छर यसमा हामी लागि नै पर्छौ। र अघि जुन ताल संंरक्षण दाइले भन्नुभयो वडाबाट केही हामीलाइ विकासहरू केही प्राप्त गरेको छैन । र यो मैले भनिसके गाउँ गाउँ बस्ती बस्तीबाट योजनाबद्घ रुपमा, लिखित रुपमा हामी अगाडि बढ्दछौँ । अनि उहाँहरूको पत्रहरू प्राप्त हुँदा हुँदा पनि उपलब्ध गराउन सकेन भने त्यो एउटा हाम्रो गल्ती पनि हुन्थ्यो तर प्राप्त नहुँदा पनि हामीले अब क्रमागत रुपमा अब गाउँ गाउँ बस्ती बस्तीमा गएर त्यहाँबाट समस्याको समाधान कसरी हुनसक्छ त्यसमा हामी लागि पर्न सक्छौँ । जुन ताल संरक्षण छ नि त्यसमा शाबिको शे फोक्सुन्डो गा.वि.स, त्यस गा.वि.स मावडा नं ६, ७, ८ र ९, यस चारवटा वडामा अहिले जानकारी प्राप्त भएको छैन । त्यो अलि अलि दुःख लाग्दो कुरा पनि हो किनकी त्यहाँ अलि समयमै जानकारी गराएर के हो कसो हो, हामी मिटिङ्ग बस्दै छु, त्यहाँ अलि खबर गर्देको भए हामी सबै हातमा हात काँधमा काँध मिलाएर सडक छेउको बारेमा मिलाउनु पर्ने हुन्छ र हामीलाइ केही पनि थाहा छैन त्यस्तै गरेर हाम्रो लामा ज्यूले भन्नु भयो की यार्शागुम्बाले गर्दा खेरी हाम्रो यहाँ विशेष अवसर पनि छ चुनौति पनि छ, त्यो चुनौतिको रुपमा लिनुपर्छ यार्शागुम्बाले पनि हो। कैयौँ मान्छे अरबपति, लाखौँपति भएर गएको छ, कति विनाशकारी, कोही कमाएर गए, हामी विनाशकारीमा पर्‍यौँ। किन उहाँहरू कमाएर जान्छ, फोहोर फालेर जान्छ, यो फोहोर फालेर मात्र जाने हो, यो फोहोरले गर्दा खेरी हाम्रो चौपाया वस्तु मरेर एकदम फोहोर बनाइदेको छ।

से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रतिनिधिः
हाम्रो निकुञ्जबाट ५० प्रतिशत आउने हो जुन धेरै रकमहरू, राजस्वहरू फोक्सुन्डो बाटै उठिन्छ । पर्यटन, आन्तरिक पर्यटकहरूबाट रकमहरू यहाँबाट उठिन्छ । तर कुनै मध्यवर्ती क्षेत्रहरू, १७ वटा मध्यवर्ती क्षेत्रहरू छन् तर हाम्रो यहाँ कुनै ठाउँमा काइगाउँ, हुरीकोट, रिमी अनि पहाडा क्षेत्र भए अनि त्रिपुराको क्षेत्र त्यहाँ त एक सिङ्का पनि उठाउँदैन । कुनै राजस्व को पैसा उठ्दै उठ्दैन, पैसा उठ्ने ठाउँ यहाँबाट हो । तर, १७ वटा समिति हुँदा खेरी बाँडफाँड भागै लाउदा खेरी यहाँ केही पनि पर्दैन । हाम्रो यहाँको समितिहरूको पनि अलि पहुँच कम भयो। हाम्रो यहाँको मान्छेको अलिकति त्यो ठाउँमा सक्रिय रुपमा केही गर्न नसकेको हो की जस्तो मलाई लाग्छ। अनि प्राय जसो तल्लो भेगको तलतिर निकुञ्जहरूको सुलीघाटमा सभ्यता घटेको हो अफिसहरू बस्दा चाहि, सबै अब काउन्सिलका अध्ययक्ष, सबैठूला ठूला पदहरू सबै तल भेगकै मान्छेहरू छ । त्यही भएर प्राय जसो बजेटहरू तलतिर भएको हो।

बजेट विनियाेजन हुँदा १७ वटै समिति बसेर अनि छलफल गरेर बाँडफाँड हुन्छ अनि उहाँ अहिले जसले बोल्न सक्यो, अब बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्छन् त्यस्तै भयो।

पहिला त्यति आन्तरिक कुराहरू आउँदैनथ्यो, गत वर्ष देखि ह्वात्तै बढेर आन्तरिक पर्यटकहरू धेरै भित्रि राखेको छ त्यही भएर पहिले त विदेशीहरू मात्र आउथ्यो, उहाँहरूलाइ खासै समस्या हुँदैनथ्यो, प्राय उनीहरू गाइड व्यवस्थित भएर आउदो रहेछ । पछि पोहोरसाल देखि अब यसपालि बाट ठाउँ ठाउँमा चाहि यो एयरहरू राख्ने, बाटो वेभहरू राख्ने सबै व्यवस्था हाम्रो अफिसबाट गर्ने भइसकेको छ ।

पहिला त हाम्रो हेडक्वार्टर यहीँ तल नै हो यहाँ साङ्टाबाट तल झरेपछि । पछि त्यो माओवादीको सङ्कटकालमा तल झरेपछि माथि आएको छैनौ तर अब १७ वटै समितिले निर्णय गरेर आउनुपर्छ । हामीलाई माथि नै चाहिन्छ, माथि नै बस्नुपर्छ १७ वटै समितिले निर्णय गरेर काउन्सिलले पारित गरेपछि यहाँ आइहाल्छौ।

सुबोध गौतम, कार्यकारी निर्देशक, नेपाल वातावरण पत्रकार समूह :
म चाहि यहाँहरूले भनेका कुराहरू, विषयहरूलाई श्रव्य, दृश्यको रुपमा कसरी कैद गर्न सकिन्छ, भोलिका रुपमा कसरी सकिन्छ, त्यसलाई कसरी एक्सप्लोर गर्न सकिन्छ भनेर म खटिराको थिए। र मैले यहाँहरूले भनेका धेरै कुराहरू सुने ।ती कुराहरू सुन्दा खेरी मलाई के लाग्यो भने मेरो व्यक्तिगत नि हुन सक्छ, शे फोक्सुन्डो गाउँपालिका अथवा फोक्सुन्डो ताल अथवा फोक्सुन्डा झरनामा के गर्ने पर्यटनको हिसाबले, कन्सर्भेसनको हिसाबले अहिलेसम्म हामीले धेरै काम गरिसकेका रहेनछौँ।

हामी सँग नीतिगत कुराहरू रहेनछ। र पोलिसिहरू केही बनेको रहेनछ। र महिला शसक्तिक।णका कुराहरू शून्य जस्तै रहेछ भनेपछि यो अवस्थासम्म आउँदा हामीले के गर्‍यौ भन्ने एउटा प्रश्न चिन्ह छ, र यो प्रश्न चिन्ह आगामी दिनहरूमा हामीले हटाउनुपर्छ जस्तो लाग्छ, मेरो अनुभवमा भन्नु पर्दा । मैले किन पनि भने भने यस्तो ठूलो फोक्सुन्डो तालको मासटर प्लान अहिले सम्म बनेको छैन। फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने कुरा पनि हामीसँग रहिनछ। सबै भन्दा दुःख त मलाई के लाग्यो भने यत्रो पानी यत्रो ताल र आउटलेटबाट त्यति धेरै पानी खेर गइरहेको छ। माथि हरेक दिन पानीका ड्रमहरू बोकेर माथि होटलमा पानी लगेर पानी प्रयोग गर्ने अवस्था छ। यो साह्रै दुःख लाग्दो कुरा हो यति पनि हामीले गर्न सकेका रहेनछौ। र अर्को कुरा यस्तो हावा चल्ने ठाउँ छ डाडाँमा यती धेरै हावा चल्छ, संसार विन्ड इनर्जीको कुरा गर्छ, हावाबाट विद्युुत निकाल्नु पर्ने भन्छ, ठूलठूला ४-५ वटा पङ्खा पनि ल्याउन सकेर बत्ती पनि बाल्न सकेका रहेन छौँ।

यो एउटा सानो कालो पङ्खाको भरमा कति बत्ती इनर्जी उत्पादन हुन्छ त्यो त मलाइ थाहा छैन तर त्यो भन्दा हामीले धेरै काम गर्न सक्छौ, त्यो पनि हामीले गरेका रहेनछौ त्यहाँ पनि मलाई दुःख लाग्यो।

कार्यक्रममा गरिएका प्रतिबद्धताहरू
१ फोक्सुन्डो ताल व्यवस्थापन र पर्यटन प्रवद्र्धनका लागि गुरु योजना निर्माण गरिनेछ
२ शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज को प्रधान कार्यालय पलममा स्थान्तरण गर्न प्रभावकारी पहल गरिनेछ
३ ताल र झरनाको नाम फोक्सुन्डो राख्न प्रभावकारी पहल गरिनेछ
४ फोहोर व्यवस्थापनका लागि दीगो योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ
५ होम स्टे सञ्चालन नीति बनाएर प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ
६ महिला शसक्तिकरणका लागि प्रभावकारी कार्यक्रम तर्जुमा गरी लागू गरिनेछ
७ फोक्सुन्डो ताल संरक्षण समितिमा शे फोक्सुन्डो गाउँपालिकाका सबै वडाहरूको प्रतिनिधित्व गराइ यसमा यसलाई सहभागितामूलक संस्था बनाउनप्रभावकारी पहल गरिनेछ।

ताजा समाचार

सम्बन्धित समाचार