स्थानीय ठेकेदारको विवादले मेलम्चीको भविष्य अन्यौलमा

काठमाडौँ – सिएमसीसँगको ठेक्का रद्द भएपछि स्थानीय ठेकेदारलाई कसले पैसा दिने भन्ने विषय टुंगो नलाग्दा मेलम्ची खानेपानी आयोजनाको भविष्य नै अन्यौलमा परेको छ।

आयोजनाको निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी अन्तिम चरणमा पुगेर भाग्दा त्यसअन्तर्गत काम गरिरहेका उपठेकेदारहरूले आफूले पाउनुपर्ने डेढ अरब रकम सरकारले दिनुपर्ने माग गरेपछि विवाद उत्पन्न भएको हो। यसले गर्दा मेलम्ची आयोजनाको बाँकी काममा अवरोध श्रृजना भएको हो।

सिएमसीले दिनुपर्ने उक्त रकमको विषयमा सरकारले चासो नदेखाएकाले बाँकी काम अगाडि बढाउन सकस भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलको भनाई छ।

सिएमसीसँगको ठेक्का रद्द गरेपछि आफूले पाउनुपर्ने रकम सरकारले दिनुपर्ने माग उपठेकेदारहरूको रहेको छ। तर, आयोजनाका निर्देशक कँडेल भने अहिलेसम्म यस्तो कुनैपनि व्यवस्था नरहेको र त्यसका लागि नीतिगत निर्णय गर्नुपर्ने बताउँछन्।

‘सिएमसी भागिसकेपछि उसले दिनुपर्ने पैसा कसले दिने, कसरी दिने भन्ने विषयमा अझै केही टुंगो लाग्न सकेको छैन्,’ उनले भने, ‘यस विषयमा नीतिगत निर्णय नभएसम्म यो विवाद समाधान हुने देखिँदैन्, सरकार आफैँले यसको छिनोफानो गर्नुपर्छ।’

उपठेकेदारको विवादकै बीचमा पनि आयोजनाले भने केही काम गरिरहेको र आगामी असार मसान्तसम्मा काठमाडौँवासीलाई मेलम्चीको पानी वितरण गरिने निर्देशक कँडेलले दाबी गरे। बाँकी रहेको कामका लागि टेण्डर आह्वान गरिसकिएको र त्यसको मूल्यांकन गरी प्रतिवेदन एशियाली विकास बैंकलाई पठाइसकेको उनले जनाए।

स्थानीय ठेकेदारसँगको विवादलाई टुंगो लगाउन सरकारलाई ताकेता गरिरहेकोले अरु बाँकी काममा भने आफूहरू लागिरहेको उनको दाबी छ।

तर, मेलम्ची खानेपानीे आयोजनाको बाँकी काम सम्पन्न गर्न एडीबीले सहयोग गर्ने भनेपनि स्थानीय ठेकेदारको विवाद नसुल्झेसम्म आर्थिक सहयोग हुने देखिँदैन।

आयोजनाले आगामी असार मसान्तसम्ममा काठमाडौँवासीलाई पानी वितरण गर्ने बताएपनि विवादबीच काम सम्पन्न हुन भने गाह्रो देखिन्छ।

कति छ बाँकी काम ?
सरकारले सन् २०१३ मा तीन वर्षभित्र आयोजनाका काम सम्पन्न गर्ने गरी ७ अर्ब ७२ करोडमा सिएमसीलाई आयोजनाको निर्माण जिम्मा दिएको थियो। २०७२ सालमा गएको भूकम्प, नाकाबन्दी तथा अन्य विभिन्न कारण देखाउँदै सिएमसीले अवधि थप्दै आएको थियो। सिएमसीले आयोजनाको लगभग लगभग ९८ प्रतिशत काम सम्पन्न गरेको मेलम्ची खानेपानी आयोजनकोको भनाइ छ। आयोजनाका अनुसार अब सुरुङमार्गमा सरफेस ढलान गर्न बाँकी छ। ९ सय ६० मिटर कंक्रिट लाइनिङको काम बाँकी छ। इन्टेकको कामा लगभगलग सम्पूर्ण काम बाँकी नै छ। यसका साथै हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम पनि बाँकी नै छ ।

ताजा समाचार

सम्बन्धित समाचार