Saturday, September 28, 2024

छापामा आजः बूढीगंगा थुनिने खतरा, जोखिमयुक्त बस्तीमै भूकम्पपीडित

आज प्रकाशित पत्रपत्रिकाले बाढी,पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिमबारे समाचार प्रकाशित गरेका छन्।

नागरिक दैनिक
‘बाढीले बगाएर एक जना बेपत्ता, ६ घर ढले’शीर्षकमा समाचार छापिएको छ।
निरन्तर परिरहेको झरीका कारण लाल बकैया नदीमा आएको बाढीले बगेर रौतह नगरपालिका–३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल बेपत्ता भएका छन्।

‘७० हजार परिवार छानामुनी’शीर्षकमा समाचार छापिएको छ।
२०७२ सालको भूकम्पबाट सर्वाधिकार क्षतिग्रस्त सिन्धुपाल्चोकका ७० हजार प्रभावित परिवार छानामूनी छिरेका छन्। भूकम्पपछिको पुननिर्माणमार्फत उनीहरु सुरक्षित बासस्थान छिरेका हुन्।

‘८० प्रतिशत विषादीको परीक्षण नै हुँदैन’शीर्षकमा दिलीप पौडेलले लेखेको समाचार छापिएको छ।
भारतबाट आयातित तरकारीको विषादी गर्नुपर्ने आवाज उठिरहेका बेला नेपालीले उपभोग गर्ने तरकारीमा पयोग हुने ८० प्रतिशतको परीक्षण नै नहुने गरेको पाइएको छ।
मेलम्चीको पानी कहिले आउँछ? शीर्षकमा गौरीबहादुर कार्कीको विचार छापिएको छ।

अन्नपूर्ण पोस्ट
‘पहिरोको जोखिमले २२ परिवार विस्थापित’शीर्षकमा खेमबहादुर बुढाले लेखेको समाचार छापिएको छ।
सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ। बस्तीमा घर छन्। तर, मानिस छैनन्। ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ।

‘हिलोले हिँड्नै सकस’शीर्षकमा उपेन्द्र अर्यालले लेखेको समाचर छापिएको छ।
चावहिल–जोरपाटी सडक सामान्य वर्षामै हिलाम्मे भएको छ। बुधबारदेखि दुई दिन वर्षा भएपछि आउजाउ गर्न सास्ती भएको हो।

‘बूढीगंगा थुनिने खतरा’शीर्षकमा पदमबहादुर सिंहले लेखेको समाचार छापिएको छ।
बाजुराको बूढीगंगा र त्रिवेणाी नगरपालिका बीचमा पर्ने दारीका पहिरो खसेपछि नदी थुनिने खतरा बढेको छ। निरन्तर पहिरो खस्न थालेपछि बूढीगंगामा पानीको बहाव बढेको छ।

‘खोला किनारका दर्जनौ बस्ती जोखिममा’शीर्षकमा समाचार छापिएको छ। तीन वर्षअघि ताीलेजुङको फत्ताङलुङ गाउँपालिकाको नास्ला भिरमा पहिरो जाँदा तमोर नदी थुनियो।
२४३ वटा पुल निर्माण शीर्षकमा समाचार छापिएको छ।

चालु आर्थिक वर्षमा सरकारले गरेका कामका सम्बन्धमा सबै मन्त्रालयका सचिवले प्रधानमन्त्री समक्ष समीक्षा प्रस्तुत गरेका छन्।
मलका गोदाम रित्तै,रोपाइँ भएन,मचीमा पानीको सतह बढ्यो शीर्षकमा पनि समाचार छापिएको छ।

कान्तिपुर
‘बन्दाबन्दै खोलामा’शीर्षकमा समाचार छापिएको छ।
हिमाली जिल्ला मनाङमा मस्र्याङदी नदीमाथि निर्माणधीन मोटरेबल पुल बुधबार खसेको छ।

जोखिमयुक्त बस्तीमै भूकम्पपीडित’शीर्षकमा समाचार छापिएको छ।
जोखिमयुक्त बस्तीका भूकम्पीिडितको अझै स्थानान्तरण हुन सकेको छैन।

विषादी जाँचेर मात्रै भन्सार पास शीर्षकमा समाचार छापिएको छ।
विषादी जाँच गरेर मात्रै भारतबाट आयातित तरकारी तथा फलफुल भन्सार जाँचपास गर्न थालिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार