Saturday, September 28, 2024

छापामा आज :घोडा नचढे जरिवाना, सिसडोल दुर्गन्ध र किराले प्रभावित

काठमाडौं-आज प्रकाशित पत्रपत्रिकाले सर्वोच्च अदालत तरकारीमा विषादी परीक्षण नरोक्न दिएको आदेश प्रकाशित गरेका छन्। साथै,वर्षाले किसान खुसी,वर्षाले पहिरो लगायतका शीर्षकमा समाचार छापिएको छ।

नागरिक दैनिक
‘तरकारीमा विषादी जाचबिना आयात नगर्न अन्तरिम आदेश’शीर्षकमा समाचार छापिएको छ।

सरकारले भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको हो।

‘फेरि थुनियो महानगरको ढल’शीर्षकमा शीर्षकमा समाचार छापिएको छ।
काठमाडौं महानगपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ।

‘पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक’ शीर्षकमा शरद शर्माले लेखेको समाचार छापिएको छ।
नेपालमा पानी जहाज कार्यालय स्थापनासँगै अन्तराष्ट्रि सामूद्रिक क्षेत्रका लागि केहि संस्था इच्छा देखाएका छन्।

‘वर्षाले सर्लाहीका किसान हर्षित’शीर्षकमा टंक क्षेत्रीले लेखेको समाचार छापिएको छ।
बुधबार बिहानदेखि परेको मुसलधारे वर्षाले सर्लाहीका किसान हर्षित भएका छन्। लामो खडेरीपश्चात परेको मुसलधारे वर्षाले उखु, मकै, तरकारी बालीलगायतमा निकै राहत पुगेको किसानले बताएका छन्।
वर्षा नहुँदा खेत बाँझै पनि समाचार छापिएको छ।्

कान्तिपुर
‘परीक्षण नरोक्नु’शीर्षकमा राजु चौधरीले लेखेको समाचार छापिएको छ।
सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

अब अदालतको अर्को आदेश नहुँदासम्म विषादी परीक्षण गरेर मात्र आयात गर्नुपर्नेछ । सरकारले असार २ गते राजपत्रमा प्रकाशित गरेर भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गरेको थियो ।

‘घोडा नचढे जरिवाना’शीर्षकमा आश गुरुङले लेखेका समाचार छापिएको छ।
माथिल्लो मनाङमा मोटरबाटो नपुग्दा स्थानीयको सवारीसाधान घोडा थियो। बाटो विस्तारै सुरु भएयता मनाङीले घोडा बेच्दै मोटरसाइकल किन्न थाले।

‘मेचीको भेलले घेरियो बस्ती’शीर्षकमा समाचार छापिएको छ।
सिमापारीको नेपाली बस्ती भाङबारी मेची नदीको घेराबन्दीमा परेको छ। मेची नदीमा पुल नहुँदा मंगलबारदेखि नगरपालिकाको कार्यालय आउने भाङभारीका बासिन्दाको संख्या ह्वातै घटेको छ।
पहिरोले गाउँ च्यापेपछि बसाइँ,झरी परे जाग्राम र

‘हिँड्दाहिँड्दै खोलामा खस्ने डर’शीर्षकमा विमल खतिवडाले लेखेको समाचार छापिएको छ।
पानी पर्नासाथ राजधानीका अधिकांश सडक जलमग्न बन्ने गरेका छन् । दैनिक सवारी साधनको भीड हुने सडकमै खोलो बग्ने गरेको छ । जलमग्न सडकका कारण सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ । खोलो र सडक छुट्याउन हम्मे पर्छ ।

सडकमा खाल्डाखुल्डी धेरै छन् । पानी पर्नासाथ खाल्डाखुल्डी पानीले भरिन्छन् । जसले दुर्घटनाको जोखिम बढाएको छ ।

अन्नपूर्ण पोस्ट
‘सामान्य वर्षामै डुब्छ प्रदेश राजधानी’शीर्षकमा समाचार छापिएको छ।
प्रदेश १ को राजधानी विराटनगर क्षेत्र सामान्य वर्षामै डुब्न थालेको छ। निकास नराखी विराटनगरका बजार क्षेत्रका कच्ची सडक र ढल निर्माण सुरु गर्दा सामान्य वर्षामै डुवानमा परेको हो। मंगलबार रातिदेखिको वर्षाले बुधबार विराटनगर क्षेत्र जलमग्न भएको थियो।

ढलको पाइप बिच्छयाउन खनिएको सडक नपुर्दा र पाइप नबिच्छ्याउँदा मुख्य राजमार्गमा ढल बगेको थियो। मुख्य सडकहरू खनेर छाड्दा सामान्य वर्षामै डुवान समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरे। ‘निकास बिनाको विकास छ। कतै ढल र पानी निकास हुने ठाउँ बनाइएको छैन। सामान्य वर्षामै छतमा चढ्नुपर्छ’, विराटनगर–१४ की स्थानीय रुपा थापाले गुनासो गरिन्।

‘सिसडोल दुर्गन्ध र किराले प्रभावित’शीर्षक्मा उपेन्द्र अर्यालले लेखेको समाचार छापिएको छ।
नुवाकोटका सिसडोलवासी काठमाडौंको फोहोरले गाउँमा बस्नै नसक्ने भएपछि त्यहाँ फोहोर नफाल्न आग्रह गर्दै काठमाडौं महानगरपालिका आइपुगेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार