Saturday, September 28, 2024

सिसडोलबासीको अवरोधसँगै काठमाडौँमा थुप्रियो फोहोर (फोटो फिचर)

ललितपुर– काठमाडाैँ उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोलका स्थानीयले फोहोर फाल्न अवरोध गरेसँगै काठमाडौँ र ललितपुरका चोक चोकमा फोहोर थुप्रिन थालेको छ।

व्यवस्थित डम्पिङ साइटको माग गर्दै सिसडोल व्यवस्थापन समितिले फोहोर फाल्न रोकेको हो। अव्यवस्थित तवरले फोहोर फाल्दा सिर्जना भइरहेको समस्याहरूको मापदण्ड अनुसार व्यवस्थापन नहुँदा यस्तो कदम चाल्न बाध्य भएको समितिले बताएको छ।                                                                                                        विगत केही वर्षदेखि सोही समस्याले निरन्तर रुपमा सास्ती भोग्दै आइरहेका उनीहरू सरकारी जग्गा फोहोरले ओगटीसकेकोले फोहोर फाल्न खाली ठाउँ नभएको गुनासो गर्छन्।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन सिसडोलको समस्या चाँडै समाधान हुने बताउँछन्् । “नेपाल सरकारसँग वार्ता भइरहेको छ, समाधान हुन्छ,” उनले भने, “क्षमता भन्दा बढी फोहोर आएसँगै फोहोर व्यवस्थापन हुन नसकेको हो।”

महानगरमा फोहोर उठाउने कर्मचारी अभाव
ललितपुर महानगरपालिकाका फोहोरमैला व्यवस्थापनमा कठिनाइ हुनुमा कर्मचारीको अभाव पनि अर्को कारण रहेको प्रवक्ता महर्जनको भनाई छ।

‘फोहरमैला उत्पादनको श्रोतमै उपयुक्त व्यवस्थापन गरी फोहरमैला वर्गिकरण, कम्पोष्टिङ्ग पुनः प्रशोधन तथा पुनः प्रयोग सम्वन्धी व्यवस्था मिलाउन महानगरको कोशिस जारी छ । तर हामीसँग जनशक्ति नै छैन,’ उनले भने।

यसका साथै सर्वसाधारणले जथाभावी फोहोर फाल्नाले पनि फोहोर उठाउन कठिनाइ भएको उनी बताउँछन् । उनी भन्छन्, ‘महानगरले ४ बजे बिहान फोहोर उठाउन आउने भनेर सूचना जारी गरेको थियो। हामीसँग फोहोर उठाउनको लागि गाडी छ। कर्मचारीहरू पनि अन समय मा नै जानु हुन्छ। तर, फोहोरहरू राति नै बसपार्कका फालिन्छ। अनि एकै चोटी फोहोर उठाउनु पर्दा समस्या हुने गर्छ।’

महानगरसँग हाल सरसफाईको लागि १९ कर्मचारी रहेको र ५० जना नियुक्तको तयारी भइरहेको जानकारी दिए।
ललितपुरमा छुट्टै ल्याण्डफिल साइट नभएकाले सिसडोल र बञ्चरेडाडामा नै आश्रित हुनु परेको उनको भनाई छ।
‘ल्याण्डफिल्डको लागि जग्गा नपुगेकाले पनि समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘तर, अहिले त्यहाँ पनि स्थानीको आन्दोलनले फोहोर फाल्न सकिएको छैन् ।’ ललितपुरमा मात्र नभएर काठमाडौँका फोहोर पनि उठ्न नसकेको उनी बताउँछन्।सिसडोलबासीको समस्यालाई लिएर काठमाडौँ तथा ललितपुर महानगरका प्रतिनिधिहरूसँग धेरै पटक वार्ता गरेपनि समस्याको समाधान नभएको सिसडोल व्यवस्थापन समितिले गुनासो छ । आफ्नो समस्याको समाधान नभएसम्म जुनसुकै कदम पनि चाल्न बाध्य हुनसक्ने भन्दै समितिले चेतावनी दिएको छ। फोहोरकै कारण १२ जनाले अनाहकमा ज्यान गुमाउनु परेकोले पशु, बालीनाली देखि मानिससम्मको बीमा गर्नुपर्ने उनीहरुले माग गरेको छन्।

आगामी भदौ १ गते सम्म समस्याको समाधान नगरे व्यवस्थापनसम्बन्धी भैरहेको कुनैपनि निर्माण कार्य अगाडि बढ्न नदिने उनीहरूले चेतावनी दिएका छन्। फोहोरको दुर्गन्धले जनजीवन मात्रै नभएर उक्त ठाउँको मानवीय वातावरण नै प्रदूषित बनेकोले न्यायको लागि लडिरहेको स्थानीयको भनाई छ।

काठमाडौँ महानगरपालिका प्रवक्ता इश्वरमान डंगोल सिसडोलको समस्यालाई समाधानका विषयमा विभिन्न छलफल तथा पहल भइरहेको बताउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार