Sunday, September 29, 2024

सालका रूख कटान प्रकरण: तत्कालीन डीएफओसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको बकैया गाउँपालिका-२ मा रहेको ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहमा भएको भ्रष्टाचारमा मुद्दा अगाडि बढाएको छ।

केही वर्ष अगाडि उक्त वनका अध्यक्ष मर्दनसिंह थिङसहित ठेकेदार, वन समिति र वन कार्यालयसमेतको मिलेमतोमा कटानी आदेशभन्दा बढी काठ कटान गरिएको, २० लाखभन्दा बढी रकम विभिन्न निकायमा बाँडेर १ सय ५० भन्दा बढी सालका हरिया रूख काटी गोलिया हिनामिना गरेको आरोप लागेकोमा अख्तियारले छानबिन गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन जिल्ला वन (हाल डिभिजन वन कार्यालय) मकवानपुरका तत्कालीन डीएफओ प्रल्हादप्रसाद धितालसमेत २० जनाविरुद्ध दायर गरिएको मुद्दामा जनही १ करोड ५८ लाख ७० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ६२ वटा ढलापडा साल जातका रुख मात्र कटान गर्नुपर्नेमा बदनियतपूर्वक अन्य २ सय ८ वटा रूख कटान गरिएको छानबिनबाट खुलेको छ।

ताजा समाचार

सम्बन्धित समाचार