Monday, September 30, 2024

थप ब्रुमर किन्ने र सार्वजनिक शौचालय बनाउने महानगरको निर्णय

ललितपुर—काठमाडौँ महानगरपालिकाले थप दुइटा ब्रुमर खरिद गर्ने, सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय बनाउने निर्णय गरेको छ।

महानगरको बिहीबाको ३२ औं कार्यपालिकाले निर्माण, सञ्चालन तथा व्यवस्थापनका काम मेयर विद्यासुन्दर शाक्यलाई हेर्ने अधिकार दिएको छ। महानगरले यसअघि ५ वटा ब्रुमर खरिद गरेपनि थप दुइटा खरिद गर्न लागिएको हो, भने यसअघिको अध्ययनले २ सय ४८ वटा सार्वजनिक शौचालय बनाउनुपर्ने औँल्याएकाले सोहीलाई अगाडि बढाउन लागिएको हो।

बैठकले फोहोर व्यवस्थापनका लागि बिक्री हुने कम्पोष्ट बिनमा ७० प्रतिशत अनुदान दिएर बिक्री गर्ने, मानव सेवा आश्रमलाई सडकमा रहेका असहायको व्यवस्थापनमा प्रयोग गर्ने गरी सवारी साधन खरिद गर्न सहयोग गर्ने निर्णय समेत गरेको छ ।

सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि गठित अधिकार सम्पन्न समितिकी संयोजक तथा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले अहिलेसम्म सम्पन्न गरेका कामको प्रतिबेदन र सार्वजनिक शौचालय मापदण्डको मस्यौदा प्रमुख शाक्यलाई बुझाइन्। नगर कार्यपालिकाको २८ औं बैठकले उपप्रमुख श्रेष्ठ खड्गीको संयोजकत्वमा प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको दुई छुट्टाछुट्टै अधिकार सम्पन्न समिति गठन गरेको थियो ।

स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थान अनुसारको डिजाइन यकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने, उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्ताबबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिइएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार