Monday, September 30, 2024

प्रकृति मानव इतिहासकै सबैभन्दा संकटमा : अध्ययन

काठमाडौँ—मानिसका कारण प्रकृति यतिबेला मानव इतिहासकै सबैभन्दा संकटमा परेको एक अध्ययनले देखाएको छ।

संयुक्त राष्ट्रसंघले जारी गरेको जैविक विविधता सम्बन्धी पहिलो बृहत अध्ययन प्रतिवेदन अनुसार झण्डै १० लाखभन्दा बढी प्रजातिका जीवजन्तु र वनस्पति लोपोन्मुख अवस्थामा पुगेका छन्।

प्रतिवेदन अनुसार विभिन्न प्रजाति लोप हुने दर विगतमा भन्दा सयौँ र हजाराैँ गुणाले वृद्धि भएको औँल्याएको छ। समस्या समाधान गर्न अब धेरै नै ढिलो भइसकेको अध्ययनको निष्कर्ष छ। जमिनमा रहेका ५ लाखभन्दा बढी प्रजातिका लागि दीर्घकालीन रुपमा बाच्न आवश्यक पर्ने बासस्थानको अभाव छ।

यदि उनीहरुको बासस्थानलाई पुनस्र्थापित गरिएन भने ती प्रजाति आगामी केही दशकभित्र लोप हुने खतरा रहेको छ । जमिन मात्र होइन समुन्द्र पनि राम्रो अवस्थामा रहेका छैनन्। अध्ययनले पृथ्वीको जैविक विविधता साच्चै नै संकटमा परेको र त्यसलाई जोगाउने यो अन्तिम अवसर भएको समेत उल्लेख गरेको छ।

१ हजार लामो सो प्रतिवेदन सार्वजनिक गर्नका लागि विश्वभरका संरक्षण वैधानिकहरु पेरिसमा भेला भएका लिए। ४ सय ५० जनाभन्दा बढी वैज्ञानिक सहभागि भएको सो अध्ययनलले १५ हजार हजारभन्दा बढी वैज्ञानिक र सरकारी प्रतिवेदनहरुको अध्ययन गरेको थियो । सो अध्ययनको सारांशलाई १०९ देशका प्रतिनिधिले पारित गरेका छन् । प्रतिवेदनले यतिबेला विभिन्न प्रजाति मात्र होइन पृथ्वी नै जोगाउन आवश्यक भएको उल्लेख गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार