Monday, September 30, 2024

खुलामञ्चमा महानगरले चलायो डोजर (फोटो फिचरसहित)

ललितपुर-काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा रहेका सटर लगायतका संरचना भत्काउन डोजर चलाएको छ।
खुलामञ्चमा अस्थायी रुपमा रहेको बसपार्क क्षेत्रमा पछिल्लो समय अवैधरुपमा सटर निर्माण गरी बिक्री गरिएको पाइएपनि महानगरले शनिबारबाट भत्काउन शुरु गरेको हो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएका सटर डोजर लगाइएको महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

खुलामञ्चमा नयाँ ४३ र पुराना ८ गरी ५२ सटर सञ्चालनमा थिए। महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द विकाइ बिल्डर्स प्रालि’ बीच पुरानो बसपार्कमा भ्यु टावर बनाउने गरी सम्झौता भएकोमा सोही आडमा सटर समेत बनाइएको थियो। खुलामञ्च रहेको क्षेत्र महानगरको वडा नं २८ मा पर्छ ।

ताजा समाचार

सम्बन्धित समाचार