काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा हाइब्रिड मकैको बीउमा आयातकर्ताको मनलाग्दी भन्ने शिर्षकमा मुधुसुधन गुरागाईको समाचार छापिएको छ । प्रभावकारी अनुगमन नहुँदा बीउ व्यवसाहीले एकै उत्पादक कम्पनीको हाइब्रिड मकैको बीउलाई फरकफरक प्याक्ङिमा राखेर महँगो मूल्यमा बेच्न थालेका छन् । व्यवसाहीले भारतको बैंग्लोरको चोरोइन पोख्पण्ड (सिपी) सिड्स इन्डिया प्रलिबाट उत्पादित सिपी ८०८ जातको हाइब्रिड मकौको बीउमा बदमासी गरेका हुन् ।
अन्नपूर्ण
-आजको अन्नपूर्णमा झपामा १६ करोडको वायोग्यास प्लान्ट बन्दै भन्ने शिर्षकमा रविन भट्टाईको समाचार छापिएको छ । अर्थमन्त्री युवराज खतिबडाले चिया उद्योगीलाई मजदुरको समस्या समाधान गर्न निर्देशन दिएका छन् । शनिबार आयोजित बायोग्यास प्लान्ट शिलान्यासमा कार्यक्रममा मन्त्री खतिबडाले मजदुरको जीविकोपार्जन नहुने पारिश्रमिक दिएर अबको उद्योग चलाउँछु भन्ने दिन नरहेको बताए ।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा रुख समाएर प्रकृति संरक्षणको कामना भन्ने शिर्षकमा श्याम खतिवडाको समाचार छापिएको छ । रामेछापको गोकुल गाउँपलिका-१ को शिव आधारभूत विद्यालयका विद्यार्थीले बिहिबार विद्यालयकोवन नजिक गएर रुख बिरुवासँग पाँच मिनेटसम्म अँगालो हालेर मौन बसे ।
–जलेश्वर भन्सारबाट दैनिक ७० लाखको खाद्यान्न आयात भन्ने शिर्षकमा रञ्जन भण्डारीको समाचार छापिएको छ । महोत्तरीको जलेश्वर भन्सार कार्यलयाको चालू आर्थिक वर्षको तथ्यांकअनुसार सो नाकाबाट १ अर्ब ४१ लाख ७५ हजार २३ रुपैयाँ बराबारको खाद्यान्न र ८८ करोड १२ लाख ५८ हजार ३ सय ५१ रुपैयाँ बराबरका तरकारी र फलफुल भित्रिएका छन् ।
समाचारपत्र
-आजको समाचारपत्रमा असिनापानीले करोडौंको बालीनाली नष्ट भन्ने शिर्षकमा समाचार छापिएको छ। रामेछापको उत्तरी गाउँपालिका उमाकुण्ड-६ गुप्तेश्वरीमा शनिबार परेको असिनापानीले करोडौंको बालीनाली नष्ट गरेको छ ।
राजधानी
-आजको राजधानीमा कृषि क्षेत्रका आयोजना प्रभावहीन भन्ने शिर्षकमा समाचार छापिएको छ । कृषि क्षेत्रको विकास आयोजनाका काम प्रभावहीन भएको पाइएको छ । कृषि तथा पशु विकास मन्त्रालयमार्फत कृषि विभाग अन्तर्गत बैदेशिक श्रोेतबाट सञ्चालनहुने कृषिविकाससम्बन्धी आयोजनाका काम प्रभावहीन भएको पाइएको हो ।
गोरखापत्र
-आजको गोरखापत्रमा हावाहुरीका पीडितका घर बनाउन प्रस्ताव भन्ने शिर्षकमा भउचप्रसाद यादवको समाचार छापिएको छ । बारा र पर्सा जल्लामा चैत १७ गते विनाशकारी हावाहुरी र असिना पानीबाट घरविहीन भएका परिवारको घर बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।