काठमाडौँ – लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन तथा ध्यान केन्द्र निर्माण गर्दा प्राचिन पुरातात्विक संरचनाहरूमा क्षति पुग्न सक्ने वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए)प्रतिवेदनले देखाएको छ।

उक्त केन्द्र निर्माणका क्रममा सञ्चालन हुने उपकरण तथा सामग्रीको ढुवानी गर्दा वरपर कम्पन पैदा हुने र त्यसले अन्य संरचनामा प्रत्यक्ष प्रभाव पार्ने उक्त प्रतिवेदनमा उल्लेख छ।
अन्य विकास आयोजनाहरू जस्तै यस आयोजनाले पनि सकारात्मक र नकारात्मक दुवै खाले असर पार्ने प्रतिवेनदले जनाएको छ।
निर्माण कार्य, निर्माण सामग्रीको ढुवानी, उत्खनन्, हेभी इक्विपमेन्टको सञ्चालन, आदि कार्यले वातावरणमा धुवाँ, धुलो, ध्वनी आदी उत्सर्जन गरी वातावरणलाई प्रदूषित बनाउने उक्त प्रतिवेदनमा बताइएकाे छ।
अध्ययनका अनुसार निर्माणजन्य फोहोर, क्याम्पको घरेलु फोहरमैला र ढलको कारण जल र जमिन प्रदूषित हुने सम्भावना रहन्छ। संचालनका क्रममा वातावरणको भौतिक अवयवमा पर्ने असर खोलाको बहाव, फोहरमैला र कर्मचारी आवासको ढल व्यवस्थापनसँग सम्बन्धित छन्।
भिक्षु र महत्त्वपूर्ण प्रतिनिधिका लागि अलग्गै व्यवस्था सहित ५हजार जनाको क्षमताको केन्द्र निर्माण गर्न लागिएको हो।
पढ्नुहाेस् रिपाेर्टकाे पूर्णपाठ





