वातावरण पत्रकारिता पुरस्कार २०१९का लागि आवदेन खुला

काठमाडाैँ – नेपाल वातावरण पत्रकार समूहले प्रत्येक वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा वितरण गर्दै आएकाे वातावरण पत्रकारिता पुरस्कारका लागि आवदेन खुला गरेकाे छ।

नेफेजले २०७५ भित्र वातावरण तथा दीगो विकासका क्षेत्रमा  समाचार सामग्रीहरू प्रकाशन–प्रसारण गर्ने पत्रकारलाई  पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा प्रकाशित–प्रसारित  आफ्नाे सामग्री पठाउन सञ्चारकर्मीहरूलाई अनुराेध गरेकाे छ।

नेफेजका अनुसार सामग्री २०७६ साल वैशाख १६ गते (२९ अप्रिल २०१९) भित्र तलको ठेगानामा आइपुग्नु पर्नेछ। मूल्याङ्कनका लागि प्रस्तुत गरिने पाठ्य सामग्रीको प्रतिलिपि एवं श्रव्य रश्रव्य–दृश्य सामग्रीको स्क्रिप्ट तथा रेकर्ड–लिङ्कहरू उपलब्ध गराउनु पर्नेछ।

ताजा समाचार

सम्बन्धित समाचार