दूषित पानी खुवाउने ३३ उद्योगलाई कारवाही (सूचीसहित)

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभरका दूषित पानी उत्पादन तथा विक्री वितरण गरिरहेका पानी उद्योगलाई कारवाही गरेको छ। विभागले गत साउन १ गतेदेखि फागुन मसान्तसम्ममा देशका विभिन्न स्थानमा सञ्चालित ३३ पानी उद्योगलाई कारवाही गरेको हो।

विभागले गरेको अनुगमनमा उक्त पानी उद्योगहरूद्वारा उत्पादिन पानी दूषित हुनुका साथै अधिकांशमा कोलिफर्म भेटिएको छ । यसका साथै लेबल विवरण अपूर्ण भएकोे, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ बमोजिम नचलेको, पि.एच कम भएको, ऐन नियम विपरित सञ्चालन भएको उद्योगलाई कारबाही गरेको विभागले जनाएको छ।

विभागले उपलब्ध गराएकाे सूची अनुसार बोलबल प्योर ड्रिकिंग वाटर, पर्सा, माता सरस्वती खानेपानी प्रा.लि, कागेश्वरी मनहरा, पन्च वेभरेज प्रा.ली, बनेपा, गंगा खानेपानी उद्योग, गोकर्णेश्वर–३, गोरखा वेभरेज प्रा.लि., जोरपाटी, सुधा जल उद्योग प्रा लि, सर्लाही, सगरमाथा फुड एण्ड वेभरेज प्रा.लि., सर्लाही, श्री कृष्ण वेभरेज, काठमाडौँ, आइसल्याण्ड ड्रप हेटौँडा, उ जल उद्योग, हेटौँडा, अगम वेभरेज इण्डस्ट्रिज, हेटौँडा, डि.एस. एममिनिरल वाटर इण्डस्ट्रिज हेटौँडा, दुवाल ब्रदर्श प्रा.लि, नुवाकोट, शुभ वेभरेज, हेटौँडा, नारायण पेयजल उद्योग, सिराहा,मा काेलिफर्म भेटिनुका साथै ऐन नियम विपरित सञ्चालन भएको पाइएकाे छ ।

त्यस्तै, दुर्गाभवानी मिनरल एण्ड वेभरेज, झापा, पशुपतिटेन्ट एण्ड होटल झापा, जय दुर्गा मिनरल वाटर उद्योग, भैरहवा, श्री जल उद्योग, विराटनगर, गोमारानी उद्योग, विराटनगर, जे एम सी वाटर इण्डष्ट्रिज, नेपालगञ्ज, पशुपति ड्रिङ्किग वाटर इण्डष्ट्रिज, नेपालगञ्जले दूषित पानी उत्पादन तथा विक्री वितरण गर्दै आएको थियो।

यी बाहेक पुजा फुड एण्ड वेभरेज प्रा.लि., विराटनगर, जोनसन जल उद्योग, विराटनगर, मंगलम वेभरेज उद्योग, विराटनगर, शितल जल उद्योग, विराटनगर, तिरुपति जल उद्योग, विराटनगर, शुभ जल उद्योग मोरङ, हाइकल वाटर इण्डष्ट्रिज, विराटनगर, गंगा जल उद्योग, विराटनगर, दिव्यश्री जल उद्योग, विराटनगर, माउण्टेन वाटर इण्डष्ट्रिज विराटनगर र एस एस एस जल उद्योग, विराटनगरलाई कारवाही गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार