हावाहुरी पीडितलाई कसको कति सहयोग? इन्फोग्राफ्समा हेर्नुहोस


काठमाडौँ
– १७ चैतमा २८ जनाको ज्यान जानेगरी बारा र पर्सामा आएको हावाहुरीपीडितलाई सहयोग गर्ने क्रम बढीरहेको छ । प्रमुख राजनीतिक दलका साथै विभिन्न संघसंस्थाहरूले हुण्डरीपीडितलाई आर्थिक सहयोगका साथसाथै भौतिक सहयोग गरिरहेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, परिवार दल र विवेकशील साझा पार्टी नेपालसहितका दलले राहतका लागि आर्थिक सहयोग घोषणा गरेका छन्। सत्तारुढ नेकपाले संघीय संसदका आफ्ना सांसदहरूको एक दिनको तलब सहयोग गर्ने घोषणा गरेको छ।

प्रमुख प्रतिपक्ष कांग्रेसले संघीय संसद्मा रहेका सांसदहरूको दुई दिनको तलब प्रभावितहरूको सहयोगमा दिने घोषणा गरेको छ। कांग्रेस प्रदेश २ का सांसदीय दलका नेता तथा सांसदले दुई/दुई लाख तथा पार्टी उपसभापति विमलेन्द्र निधि, सो प्रदेशका जिल्ला सभापतिहरू र नेताहरूका तर्फबाट थप ६ लाख गरी १० लाख सहयोग गर्ने घोषणा गरेको छ।

कांग्रेसको केन्द्रीय कार्यालयले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। त्यस्तै तराई–मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले पनि ५ लाख नगद दिने घोषणा गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार