मध्य चैतमा असिनापानी

काठमाडौँ –दुई दिनयता मुलुकभर मौसममा सामान्यदेखि पूर्ण बदली रहेकाेमा मंगलबार काठमाडाैं उपत्यकासिहत विभिन्न क्षेत्रमा वर्षा भएकाे छ। काठमाडाैंमा साेमबार बेलुका समेत हल्का वर्षा भएकाेमा मंगलबार अपराह्न उपत्यकाका केही क्षेत्रमा असिना समेत परेकाे छ।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकभुर बदली भइ मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार यो प्रक्रिया बुधबारसम्म चल्ने छ।

दुई दिनसम्म बदली भइरहेको मौसममा बुधबारदेखि भने सुधार आउने मौसमविद सुवास रिमालको भनाइ छ।

उनका अनुसार मंगलबार राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

त्यसका साथै बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने छ।

‘पूर्वी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको सम्भावना देखिएको छ’ उनले भने, प्रिमनसुन शुरु भइसकेकाले पनि अपराह्नपछि सामान्य बदली हुनु स्वभाविक नै हो।’

उनी प्रिमनसुनमा हावाहुरीसहित सामान्य वर्षा हुने भएकाले मेघगर्जनसहित मौसम बदली हुनु स्वभाविक भएको बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार