Wednesday, November 20, 2024

भिआइपी दुर्घटनापछि हेलिकप्टर सुरक्षा सृदृढ पार्ने तयारीमा प्राधिकरण

काठमाडौं– एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित उच्च अधिकारीहरूको मृत्यु भएपछि हेलिकप्टर सुरक्षालाई सुदृढ पार्न केही थप कदमहरू चाल्ने तयारी भइरहेको नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ।

विशेषत मन्त्री अधिकारी चढेको हेलिकप्टर प्रतिकुल मौसमका बीचमा पनि उडेका कारण दुर्घटना भएको प्रारम्भिक अध्ययनको निष्कर्षपछि सुरक्षाका नयाँ नियमहरू ल्याउने तयारीमा सरकार लागेको हो। प्राधिकरणका अनुसार विशेषत भिआइपी चढ्ने हेलिकप्टरहरूको सुरक्षामा विशेष ध्यान दिइने छ।

यसका लागि एउटा निर्देशिका नै बनाउन प्राधिकरणले एक समिति बनाएको छ, जसको प्रतिवेदनको आधारमा कदमहरू चलिने छ । यति मात्र होइन, सुरक्षालाई सुदृढ पार्नका लागि आवश्यक परेमा विदेशी विज्ञहरू झिकाएर छलफल गर्ने तयारीमा समेत प्राधिकरण लागेको बताइएको छ। त्यसैगरी भिआइपीहरू चढेको जहाज तथा हेलिकप्टरको उडान र अवतरणको लागि विशेष योजना बनाउने तयारी समेत प्राधिकरणको छ।

अबको एक महिनाभित्र प्राधिकरणको आन्तरिक समितिले प्रतिवेदन तयार पार्नेछ। पछिल्लो समयमा भिआइपीहरू निजी क्षेत्रको हेलिकप्टर चढ्न थालेको विषयमा समेत गम्भीर बहस भएको छ। विशेषत विशिष्ट व्यक्तिहरू नेपाली सेना र अन्य सरकारी हेलिकप्टरहरू चढनुपर्नेमा समेत सरकारी तहमा बहस भएको छ। प्राधिकरणले विशेषत विशेषत पाइलटको अनुभव, मौसको अवस्था र एकदमै प्रतिकुल भौगोलिक अवस्थालाई लक्षित गरेर योजना बनाउने तयारी गरिरहेको छ। साथै, केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज नै केही समय होल्ड गर्नु परेको विषयलाई समेत गम्भीर रुपमा लिएर त्यसको छानविनको लागि प्राधिकरणले योजना बनाउने तयारी गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार